अर्थतन्त्रमा परेको मारले राजश्व संकलनमा ठूलो असर–मन्त्री गुरुङ

पोखरा न्यूज  । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले कोरोना महामारीका कारण अर्थतन्त्रमा परेको मारले राजश्व संकलनमा ठूलो असर परेको बताउनुभएको छ ।

अनलाइन पत्रकार संघ गण्डकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण तथा वेभसाइट शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री गुरुङले कोरोनाको असरले सम्पुर्ण व्यापार व्यवसाय ठप्प हुँदा राजश्व संकलनमा समेत ठूलो असर परेको बताउनुभएको हो । उहाँले अर्थतन्त्रमा परेको प्रभावका कारण राजश्व संकलन समेत नहुँदा सरकारले आसातित रुपमा सरकारले खर्च गर्न नसकेको समेत बताउनुभयो ।

कोभिड-१९ को संक्रमितको उपचार सहज र सस्तो नभएको भन्ने कुरा निजी अस्पतालले लिने गरेको शुल्कलेनै प्रमाणित गरेको बताउँदै मन्त्री गुरुङले सरकारलाई कोरोना संक्रमितको उपचार गर्नमा अप्ठ्यारो परेको स्पष्ट पार्नुभयो । “निजी अस्पतालले एक जना कोरोना संक्रमितको उपचार गर्न दैनिक ५० हजार देखि १ लाख रुपैयाँ सम्म लिने गरेको भन्ने कुरा आएको छ,” उहाँले भन्नुभयो–“सरकारले उपचार महङ्गो परेकै कारणले पनि उपचार आफै गर्ने निर्णय लिन वाध्य परेको हो ।”

यद्यपी उहाँले सर्वोच्च अदालतले नै कोभिडको उपचार सरकारलाई निशुल्क गर्नु भनेका कारण सरकारले पनि निशुल्क गर्ने निर्णय गरेको बताउँदै गण्डकी प्रदेश सरकारले पनि जनताको निशुल्क उपचारका लागि प्रक्रिया अघि बढाउन जोड दिने बताउनुभयो । कोरोना संक्रमितको उपचारका लागि गण्डकी प्रदेश सरकारले पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको क्षमता अभिवृद्धी गर्ने, यस क्षेत्रका अस्पताललाई ५०-५० वेड छुट्याउनका लागि निर्देशन दिने र जिल्ला अस्पतालहरुमा नै सक्रमितको उपचारका लागि आवश्यक प्रक्रिया शुरु गर्ने मन्त्री गुरुङले बताउनुभयो । अहिलेको जटिल अवस्थामा जनताहरुले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार होम आइसोलेसनमा वसेर स्वयं उपचार गर्न सकेको खण्डमानै कोरोना महामारी नियन्ञणमा ल्याउन सहज हुने उहाँको भनाई थियो ।

प्रदेश सरकारले केही समय अगाडि सूचना सार्वजनिक गर्दै ल्याएको लोककल्याणकारी विज्ञापनको विषयलाई सबैको सल्लाह, सुझाव र प्रतिक्रियाका आधारमा अगाडि बढाइने मन्त्री गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो–“अहिले हामीले शुरुवात गरेका हौं, गर्दै नगर्नुभन्दा शुरु गर्नु राम्रो हो, सबैको साथ सहयोगबाटै लोककल्याणकारी विज्ञापनलाई सफल बनाउनेमा प्रदेश सरकार छ ।”

सो अवसरमा अनलाइन पत्रकार संघ गण्डकीका अध्यक्ष गणेश बरालले  हाल युकेमा आफ्नो कर्मथलो बनाउनुभएका पोखरा १७ निवासी इन्द्र घोतानेको सक्रियतामा संंघलाई ९१ हजार रुपैयाँ सहयोग प्राप्त भएको जानकारी दिनुभयो । कोरोना संक्रमण एक महिना अस्पतालको बसाई पछि निको घर फर्किनु भएका घोतानेले अनलाइन पत्रकारलाई सहयोग गर्न चाहेको र सोहि बमोजिम अनलाइन पत्रकार संघ मार्फत कार्यक्रमको आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । सहयोगी घोताने लगाएतलाई आभार प्रकट गर्दै अनलाइनमा कार्यरत पत्रकारहरुलाई सर्जिकल मास्क, एन ९५ मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री वितरण गरिने अध्यक्ष बरालले जानकारी दिनुभयो ।

कार्यक्रममा संघका सल्लाहाकार द्वय राष्ट्रिय खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित केशव पाठक र प्रेस काउन्सिल पत्रकारिता पुरस्कारबाट सम्मानीत, दीपेन्द्र, श्रेष्ठलाई संघले सम्मान समेत गरेको थियो ।

 

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र  श्रेष्ठ, संघकी उपाध्यक्ष सरिता तिमिल्सिना पंगेनी, संघका कोषाध्यक्ष सुनिल पाण्डे, राष्ट्रिय खेलकुद परिषदका सदस्य सम्पन्न श्रेष्ठ, अनलाइन पत्रकार संघ गण्डकीका सल्लाहकार रामजी लम्साल लगाएतले आ–आफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रम अनलाइन पत्रकार संघ गण्डकीका अध्यक्ष ढाका मोहन (गणेश) बरालको अध्यक्षतामा भएको थियो ।

“दोश्रो जिवन पछि सहयोग गर्ने अवसर जुट्यो”–इन्द्र घोताने, युके

समाजसेवी इन्द्र घोतानेले आफ्नो दोश्रो जिवन पछि सहयोग गर्ने अवसर जुटेको बताउनुभएको छ । कोभिड १९ को सक्रमण पछि २५ दिन सधन उपचार कक्षमा र ३० दिन अस्पताल विताएर घर फर्किए पछि कुरा गर्दै सबैको माया, सदभाव र आर्शिवादले आफूले कोभिड–१९ लाई जित्न सकेको बताउनुभयो । विदेशमा रहेर पनि समाजसेवा मार्फत दुःखी, असहायलाई सहयोग गर्न रुचाउने घोतानेले अनलाइन पत्रकारहरुलाई कोभिड–१९ को महामारीमा समेत आफ्नो सक्रियतामा रकम संकलन गरी सहयोग गर्न पाउँदा निकै खुसी लागेको धारणा अघि सार्दै सवै सहयोगी मनहरुलाई आभार समेत व्यक्त गर्नुभयो । “कोभिड १९ को महामारीको समयमा समेत अनलाइनमा कार्यरत पत्रकारहरुले जोखिमका साथ काम गर्नु भएको छ”, उहाँले भन्नुभयो–“यो सानो सहयोगले उहाँहरुको हौसला बढ्ने छ ।”

उहाँको नेतृत्वमा सहयोग गर्नेहरुमा ईन्द्र घोथाने, नन्दजंग गुरुङ, तमु धी एसोसियसन युके अध्यक्ष, महासचिब, क्वोने घोथाने घोन्डे गुरुङ्ग परिवार यूके, अनररी ल्याटन चन्द्र तथा बिमला गुरुङ्ग, अध्यक्ष, क्वोने घोताने घोन्डे गुरुङ्ग परिवार यूके, पुनम गुरुङ्ग, अध्यक्ष, एन.आर.एन.यूके, भिम महेन्द्र गुरुङ्ग, अध्यक्ष हंगकंग नेपाली मंच, यूके, शिब गुरुङ्ग, अध्यक्ष, तमु समाज यूके, शान्त गुरुङ्ग, एन आर.एन.यूके सल्लाहकार, नारायण गुरुङ्ग, क्वोने घोताने, घोन्डे गुरुङ्ग यूके परिवार सल्लाहकार, क्यापटेन नारायण गुरुङ्ग तथा चन्द्र कुमारी गुरुङ्ग, क्वोने घोताने घोन्डे गुरुङ्ग परिवार चेलीबेटी उपप्रमुख, धना पुन गुरुङ्ग, लण्डन, दुर्गा गुरुङ्ग, अध्यक्ष, बेजिङ्गस्टोक गुरुङ्ग समाज यूके, नारदमणि गुरुङ्ग, क्वोने घोताने घोन्डे गुरुङ्ग परिवार यूके सस्थापक उपाध्यक्ष रहनुभएको छ ।

त्यसै गरी सहयोग गर्नेहरुमा कुमार गुरुङ्ग, अध्यक्ष, सहारा यूके, राचेल गुरुङ्ग (राजु )क्वोने घोताने घोन्डे गुरुङ्ग परिवार यूके चेलीबेटी प्रमुख, कृष्ण गुरुङ, क्वोने घोताने घोन्डे गुरुङ्ग परिवार यूके सल्लाहकार, ह्यारि   गुरुङ्ग, एन आर एन यूके कार्यसमिति सदस्य, बोहत गुरुङ्ग, कोषाअध्यक्ष, क्वोने घोताने घोन्डे गुरुङ्ग परिवार यूके, कुसांङ्ग गुरुङ्ग, उपाध्यक्ष सहारा यूके, हरि गोविन्द गुरुङ्ग, बरिष्ठ सल्लाहकार, क्वोने घोताने घोन्डे गुरुङ्ग परिवार यूके, धनकाजी गुरुङ्ग, क्वोने घोताने घोन्डे गुरुङ्ग परिवार यूके, क्यापटेन पिताम्बर गुरुङ्ग, उपाध्यक्ष क्वोंने घोताने घोन्डे गुरुङ्ग परिवार यूके, ईन्द्र नारायण गुरुङ्ग, क्वोने घोताने घोन्डे गुरुङ्ग परिवार यूके, धनु पुरन थकाली, महासचिब, सहारा यूके, अतित गुरुङ्ग, लण्डन, नर बहादुर गुरुङ्ग, लण्डन रहनुभएको छ ।

उहाँहरुको सहयोगमा प्राप्त स्वास्थ्य सामाग्री मन्त्री गुरुङले संस्थाका अध्यक्ष बराललाई हस्तान्तरण गर्नुभएको हो । मन्त्री गुरुङले संस्थाको वेभसाइट www.ojag.org.np को शुभारम्भ समेत गर्नुभएको हो  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button