अर्थ व्यापारकास्कीगण्डकीसमाचार

पोखरा फुड डेलिभरीको औपचारिक शुभारम्भ

पोखरा न्यूज संवाददाता । पोखरामा पोखरा फुड डेलिभरी कम्पनीको औपचारिक रुपमा शुभारम्भ भएको छ । शुभारम्भको अवसरमा पोखरा फुड डेलिभरीले पोखरा-१५ नयाँगाउँस्थित हिमालयन लाइफ नेपालमा आश्रित ५३ बालबालिकाहरुलाई खाना वितरण गरेको छ ।

कार्यक्रममा पोखरा फुड डेलिभरीका सञ्चालक प्रसिद्ध पालिखेले संस्थाको शुभारम्भको अवसरमा बालबालिकालाई खाना वितरण गर्न पाउँदा खुशी लागेको बताउनुभयो । पालिखेले संस्थाको बारेमा जानकारी दिँदै भन्नुभयो, “हामी यस्तो प्लेटफर्म बन्न चाहन्छौ जहाँ मानिसहरु खानाको गुणस्तरमा भरोसा गर्न सकुन् , स्थानीय रेष्टुरेन्टहरुले स्थानीय सामग्री तथा खाद्यान्नको प्रवद्र्धन गर्दै सहज ढङ्गले बिक्री गर्न सकुन् ।”

अर्का सञ्चालक कृति श्रेष्ठले “व्यापार समाजमा गरिन्छ र हरेक व्यापारीको समाजप्रति सामाजिक उत्तरदायित्व हुन्छ” भन्दै आफूले पढेका कुरा व्यवहारमा उतार्न पाउँदा खुशी व्यक्त गरिन् । आफूहरुले गरेको यस कार्यको पोखरेली दाजुभाइले साथ एवं सहयोग पाउने अपेक्षा राख्दै व्यापार र समाजप्रतिको योगदानमा अझै सक्रिय भइ निरन्तर लागी पर्ने बताउनुभयो ।

हिमालयन लाइफ नेपालका सञ्चालक चनमन श्रीमलले पोखरा फुड डेलिभरीलाई सफलताको शुभकामना दिँदै संस्थामा रहेका बालबालिकालाई रेष्टरेन्टमा पाइने खाना पिज्जा, मम खुवाउनु भएकोमा डेलिभरीलाई धन्यवाद दिए । पोखरा फुड डेलिभरी एक सेवा उन्मुख कम्पनी हो जुन विद्यार्थीहरुले सुरु गरेका हुन् ।

यहाँ पोखराका १ सयभन्दा बढी रेष्टुरेन्टहरु सूचीबद्ध रहेका छन् । यो एक अनलाइन प्लेटफर्म हो जहाँ ग्राहकहरुले आफूलाई मनपर्ने रेष्टुरेन्टबाट मनपर्ने खाना आफ्नो मोबाइल एपबाट वा पोखरा फुड डेलिभरीको वेवसाइटबाट अनलाइन अर्डर गर्न सक्छन् र ग्राहकहरुले घर वा अफिसमै बसीबसी रेष्टुरेन्टको खानाको आनन्द लिन सक्छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button