पखेरी व्याण्ड पुनः सक्रिय हुँदै

नयाँ गीत ‘ख्याल ठट्टामै’ सार्वजनिक, भिडियोमा मर्दी हिमाल ट्रेकका सुन्दर दृश्य

पोखरा । पचासको दशकमा पोखरामा क्रियाशील पोखराको ‘पखेरी व्याण्ड’ पुनः सक्रिय हुने भएको छ ।

संक्रिय हुने संकेत स्वरुप यतिबेला व्याण्डको नयाँ गीत ‘ख्याल ठट्टामै ’ सार्वजनिक गरिएको छ । व्याण्डका गायक इन्द्र गुरुङको आवाजमा रहेको गीतको रचना पखेरी व्याण्ड र राम गुरुङले मिलेर गर्नुभएको हो ।

सुरुमा ज्योति गुरुङ र इन्द्र गुरुङले गाएको गीतलाई पुनः इन्द्र गुरुङको आवाजमा मात्र रेकर्ड गरेर सार्वजनिक गरिएको हो । पखेरी व्याण्डकै संगीत रहेको गीतको एरेन्ज सुमन तामाङले गर्नुभएको हो । एपोष्टल रेकडिङ स्टुडियो पोखरा रेकर्ड गरिएको गीतको मिक्सिङ मास्टरिङको जिम्मा अनिल शाही ठकुरीले पुरा गर्नुभयो ।

यो गीतको भिडियो सुन्दर बनेको छ । पछिल्लो क्रममा आन्तरिक तथा बाह््य पर्यटकको रोजाइमा पर्ने गरेको मर्दी हिमाल ट्रेकका सुन्दर दृश्यलाई भिडियोमा हेर्न पाइन्छ । भिडियोमा अमृत परियार र रोजी मल्ल ठकुरीको मुख्य अभिनय रहेको छ ।

भिडियोको छायाकंन, सम्पादन र निर्देशनको जिम्मा भीम, अनिल र दिलिपले पुरा गर्नुभएको छ । असल साथी युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतले दर्शक श्रोताको माया पाउनेमा गायक इन्द्र गुरुङ आशावादी हुनुहुन्छ । ‘गीतलाई उत्कृष्ट बनाउने प्रयास गरिएको छ, मर्दी हिमाल ट्रेकमा छायाकंन गरिएको गीतको भिडियो समेत सुन्दर बनेको छ, आशा छ दर्शक श्रोतालाई मनपर्नेछ’ पोखरा न्यूजसँग कुरा गर्दै गुरुङले भन्नुभयो ।

मर्दी हिमाल ट्रेकमा छायाकंन गरिएको पहिलो भिडियो भएको गुरुङको दावी छ । ‘मर्दी हिमाल ट्रेकमा छायाकंन गरिएको यो पहिलो भिडियो हो’ गुरुङले दावी गर्नुभयो । अक्सर मायाहरु घटित हुन्छन् भन्ने सन्देश बोकेको गीतको भिडियोमा ‘विहाइन्ड द सिन’ भनेर थप दृश्यहरु समेत समवेश गरिएको छ ।

त्यसोत पखेरी व्याण्डको स्थापना २०५२ सालमा भएको हो । स्थापनाकालमा व्याण्डमा दिलिप भण्डारी, अमित गुरुङ, सुरेश गुरुङ, तारा केसी, वेद राना र गणेश पुन रहनुभएको थियो । उहाँहरुले पोखराको सीमपानीमा प्राटिक्स गर्ने गर्नुहुन्थ्यो । संगीत तर्फ रुचि राख्ने इन्द्र गुरुङ व्याण्डमा आवद्ध नभएपनि प्राटिक्स गर्ने ठाउँमा जानेगर्ने गर्नुहुन्थ्यो ।

प्राटिक्स गर्दा सघाउने सल्लाह दिने समेत गर्नुभयो । पछि व्याण्डका साथीहरुको आग्रहमा इन्द्र गुरुङ पखेरी व्याण्डमा आवद्ध हुनुभएको हो । ‘म पखेरी व्याण्ड फम हुँदा शुरुमा व्याण्डमा थिइन, व्याण्डले प्राटिक्स गर्ने ठाउँमा जान्थे, सहयोग गर्थे, पछि बल्ल व्याण्डमा आवद्ध भए’ उहाँले भन्नुभयो ।

पखेरी व्याण्डले २०५४ सालमा पहिलो एलबम ‘माया हाँसखेल’ सार्वजनिक गरेको थियो । एलबमबाट यो व्याण्डले केही चर्चा पायो । फेरि एलबम निकाल्ने जोश व्याण्ड मेम्बरमा भयो । केही गीत रेर्कड भए । तर एलबम निकाल्न गर्नुपर्ने लगानी, काठमाण्डौ धाउनुपर्ने बाध्यता आदि कारणले एलबम निकाल्न सकेन । विस्तारै व्याण्डका साथीहरु आफ्नै काममा व्यस्त हुन थाले । व्याण्ड तितर बितर भयो ।

निरन्तरता दिन सकेनन् । अब भने पखेरी व्याण्डलाई पुनः सक्रिय बनाउन इन्द्र गुरुङले खोज्नु भएको छ । ‘साथीहरुसँग कहिलेकाही भेट हुन्छ, कुरा हुन्छ, अब म क्रियाशील हुँदै व्याण्डलाई समेत क्रियाशील बनाउनेछु’ उहाँले बताउनुभयो ।

अब एकपछि अर्को गीत पस्कने गुरुङको तयारी छ । जसको लागि अर्को गीत समेत तयार भएको र केही समयपछि सार्वजनिक गर्ने उहाँले सुनाउनुभयो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button