कोरोना संक्रमणबाट पोखरामा थप १ महिलाको मृत्यु

पोखरा न्यूज । कोरोना संक्रमणबाट पोखराको थप १ महिलाको मृत्यु भएको छ ।

पोखरा-११ फूलवारी स्थित मणिपाल शिक्षण अस्पतालमा उपचारकै क्रममा पोखरा-१३ की ७८ वर्षीया महिलाको सोमबार दिउसो १.३० बजे मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।

यही मंसिर १४ गते कोरोना संक्रमण पुष्टि भई मणिपाल अस्पतालमा उपचाररत उहाँको सोमबार मृत्यु भएको हो । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ५९ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button