पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७४ मा कोरोना संक्रमण, २९ को मृत्यु

पोखरा न्यूज । नेपालमा थप एक हजार ४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ४ सय ७४ जनामा संक्रमण पुष्टि भएको हो । यस दिन ८ हजार ८ जनाको पीसीआर परीक्षण भएको छ ।

त्यस्तै, संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २९ जनाको मृत्यु भएको छ । अहिलेसम्म संक्रमणबाट एक हजार ५ सय ८ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ९ सय ३१ जना निको भई घर फर्किएका छन् । अहिलेसम्म नेपालमा २ लाख ३३ हजार ४ सय ५२ जनामा संक्रमण पुष्टि भइसकेको छ भने २ लाख १४ हजार ५ सय २१ जनालाई निको भइसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button