पोखरामा एउटै वडामा १५ सहित ५८ संक्रमित थपिए

पोखरा न्यूज । गण्डकी प्रदेशमा बुधबार थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीको पोखरा महानगरका ५८ , मादी गाउँपालिकाका १, माछापुच्छ्रे गाउँपालिकाका १, नवलपुरका १३, तनहुँ र गोरखाका ६-६ जना तथा स्याङजा, म्याग्दी र बागलुङका १ -१ जना गरी थप ८८ जनामा कोरोना भाइरस देखिएको हो ।

कोरोना संक्रमण पुष्टि हुनेहरुमा कास्कीको पोखरा महानगरपालिका वडा नं १ की १ महिला, २ का १ पुरुष , ३ का १ पुरुष, ५ का १ पुरुष तथा २ महिला, ६ का २ पुरुष, ७ की १ महिला, ८ का १ पुरुष तथा २ महिला , ९ का १ पुरुष, १० का ४ पुरुष तथा २ महिला, ११ की १ महिला, १२ की १ महिला, १३ की १ महिला, १४ का ३ पुरुष तथा ३ महिला, १६ का १ पुरुष तथा १ महिला, १७ का ३ पुरुष तथा १ महिला, २५ का १५ पुरुष, २७ का १ पुरुष तथा १ महिला, २९ का २ पुरुष, गण्डकी मेडिकल कलेजका २ पुरुष तथा २ महिला र वडा नखुलेका २ पुरुष तथा १ महिला रहेका छन् ।

त्यस्तै मादी गाउँपालिकाका १ पुरुष, माछापुच्छ्रे गाउँपालिकाकी १ महिला, तनहुँ शुक्लागण्डकीका ३ पुरुष तथा २ महिला, भानुकी १ महिला स्याङजा पुतलीबजारकी १ महिला, म्याग्दी मंगलाकी १ महिला, बागलुङ धौलागिरि अस्पतालका १ पुरुष र नवलपुर कावासोतीका ८ पुरुष तथा ५ महिलामा कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ५ सय २९ पुगेको छ । पछिल्लो २४ घन्टामा थप ८२ जना निको भएसंगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या १३ हजार ३ सय १ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button