नेपालमा पछिल्लो २४ घण्टामा ४ सय २६ जनामा कोरोना संक्रमण, ८ को मृत्यु

पोखरा न्यूज । नेपालमा शुक्रबार थप ४ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको हो । ५ हजार २ सय २५ जनामा गरिएको कोरोना परीक्षणमा २ सय ७३ पुरुष र १ सय ५३ महिलामा कोरोना पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना निको हुनेको संख्या ७ सय ४८ पुगेको छ । योसँगै निको हुनेको कुल संख्या २ लाख ५३ हजार १ सय ७ पुगेको मन्त्रालयले जनाएको छ । कोरोनाबाट शुक्रबार ८ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट हालसम्म १ हजार ८ सय ६४ जनाको मृत्यु भएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button