नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ९ जनामा कोरोना, ६ को मृत्यु

पोखरा न्यूज । नेपालमा बुधबार थप ४ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप ६ हजार ७ सय ६ जनाको पीसीआर गरिएकोमा २ सय ६५ पुरुष र १ सय ४४ महिला गरी ४ सय ९ जनामा नतिजा पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४ सय ९५ जना निको भएसँगै निको हुनेको कुल संख्या २ लाख ५६ हजार १ सय ६१ पुगेको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ९९ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा हाल क्वारेन्टिनमा तीन सय ४२ जना रहेका छन् भने ५ हजार १ सय ३३ जना आइसोलेसनमा रहेका छन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button