नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ५४ जनामा कोरोना संक्रमण

पोखरा न्यूज । नेपालमा शुक्रबार थप ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप ५ हजार २ सय ६९ जनाको पीसीआर गरिएकोमा ३ सय ६६ पुरुष र १ सय ८८ महिला गरी ५ सय ५४ जनामा नतिजा पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार १ सय ५९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५ सय ८५ जना निको भएसँगै निको हुनेको कुल संख्या २ लाख ५७ हजार २ सय २९ पुगेको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजा ९ सय ९ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा हाल क्वारेन्टिनमा तीन सय ३८ जना रहेका छन् भने ५ हजार २१ जना आइसोलेसनमा रहेका छन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button