गोरखामा रुखले च्यापिएर युवाको मृत्यु

पोखरा न्यूज । गोरखामा बुधबार बिहान सालको रुख काट्ने क्रममा एक युवाको च्यापिएर मृत्यु भएको छ ।

भीमसेन गाउँपालिका-३ तान्द्राङमा सालको रुख काट्ने क्रममा पाँचथर घरभई सोही स्थान बस्दै आएका १९ वर्षीय युवा उमेश राईको  च्यापिएर मृत्यु भएको हो ।

स्थानीय नरबहादुर सार्कीको खेतमा रहेको सालको रुख काट्ने क्रममा रुख ढल्दा राई माथि नै परेको थियो । राईको घटनास्थलमा नै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button