पोखरामा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

पोखरा न्यूज । पोखरामा कोरोना संक्रमणबाट थप एक महिलाको ज्यान गएको छ ।

तनहुँ जिल्ला भीमाद नगरपालिका-६ की ५० वर्षीया महिलाको कोरोना संक्रमणबाट आइतबार राति ज्यान गएको हो । पुस २८ गते कोरोना संक्रमण पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड-१९उपचार केन्द्रमा उपचाररत महिलाको उपचारकै क्रममा आइतबार राति १०.३० बजे मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो ।

ती महिलामा कोरोना संक्रमणसँगै प्रेसर, सुगरलगायतको समस्या रहेको शर्माले जानकारी दिनुभयो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ९९ पुगेको छ । आइतबार दिउँसो पनि पोखरा-८ का एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button