प्रधानमन्त्री ओली द्रुत गतिमा दक्षिणपन्थी बाटोमा : भट्टराई

पोखरा न्यूज संवाददाता । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्य योगेश भट्टराईले  प्रधानमन्त्री ओली द्रुत गतिमा दक्षिणपन्थीबाटो तर्फ जादै गरेको  बताउनुभएको छ ।

शनिबार माक्र्सवादी ज्ञान केन्द्रले आयोजना गरेको संसद विघटन र समाजवादी क्रान्तिको मार्गचित्र विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै स्थायी कमिटी सदस्य भट्टराईले  संसद बिघटन गर्ने र असंबैधानिक कदम चाल्ने जस्ता कार्य गरेर प्रधानमन्त्री ओली  दक्षिणपन्थी बाटोमा दौडिएको आरोप लगाउनुभएको हो ।

संविधानमा भएका कतिपय विषय प्रधानमन्त्री ओलीलाई मन नपरेको भन्दै उहाँले तिनै मुद्दालाई संशोधन गर्नका निम्ति ओलीले दुईतिहाई मत मागेको समेत  बताउनुभयो । नेपालको संविधानको निर्माता आफ्नो पार्टी, वर्ग, विचार र सिद्धान्त भएकोले संविधानप्रति आफुहरुको लगाव र स्नेह रहेको उहाँको भनाई छ ।

भट्टराईले संविधानमाथिको प्रश्नमा वकिलहरु व्यवसायिकता भनेर विचारबाट भाग्न नपाउने बताउनुभयो  । उहाँले  वकिलहरु कुनै फौजदारी विषयको मुद्दामा लड्न स्वतन्त्र भएपनि संविधानको विषयमा व्यवसायिक धर्म भनि जान नमिल्ने बताउनुभएको हो ।

संविधानमाथिको प्रश्नमा वकिलहरु व्यवसायिकता भनेर विचारबाट भाग्न नपाउने उहाँको भनाई छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button