मृगौला पीडित सुस्मीता परियारलाई आर्थिक सहयोग

पोखरा न्यूज । कास्कीको माछापुच्छ्रे गाउँपालिका-३ घाचोककी मृगौला पीडित १९वर्षीया सुस्मीता परियारलाई आर्थिक सहयोग गरिएको छ । मृगौला पीडित सुस्मीता परियार बचाउ अभियान समितिद्वारा संकलित रकम आइतबार माछापुच्छ्रेगाउँपालिका-३ घाचोकमा प्रदान गरिएको हो ।

माच्छापुच्छ्रे गाउँपालिका निवासी टेकन शोभा गुरुङले २१ हजार रुपैयाँ, जगत गुरुङले २२ हजार १ सय ५ रुपैयाँ सहयोग गरेका थिए त्यस्तै अभियान समितिद्वारा आइतबार ३ लाख ८८ हजार ७ सय १ रुपैयाँ हस्तान्त्रण गरिएको छ । हालसम्म समितिले १३ लाख २१ हजार ६ सय ७२ रुपैयाँ संकलन भएको र अन्य रकम बिगतमा समितिको सहकार्यमा सहयोगी दाताहरुको प्रत्यक्ष उपस्थितिमा पीडित परिवारलाई हस्तान्त्रण गरिएको संयोजक संजय लम्सालले जानकारी दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button