प्रतिनिधि सभा विघटन चुनाव गराउन हैन-अध्यक्ष केसी

पोखरा न्यूज संवाददाता । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधि सभा विघटन मध्यावधि चुनाव गराउनको निम्ति नभएको बताउनुभएको छ ।

सोमबार राष्ट्रिय जनमोर्चाले आयोजना गरेको संसद विघटन र प्रतिगमनको खतरा विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष केसीले मध्यावधि चुनाव गराउनको निम्ति संसद विघटन नगरिएको जिकिर गर्नुभएको हो । चुनाव गराउने समय नै नभएको भन्दै उहाँले चुनाव गराउन नसकेपछि संकटकाल घोषणा गरेर सत्र साल ल्याउने खतरा भएको उहाँको भनाई छ । नेपालमा स्थिर सरकार र पार्टीहरु नैतिकवान भएभने विदेशी शक्तिकेन्द्र हरुले हस्तक्षेप गर्न नसक्ने पनि उहाँको भनाई छ ।

समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधालाई विश्वकै उत्कृष्ट संविधान भन्ने पार्टीको प्रधानमन्त्रीले संविधान उल्लंघन गर्नुभएको बताउनुभयो । आफुहरुले संविधानको निर्माणकालमै संविधानको बिरोधमा संविधान जलाएको भएपनि संविधानको रक्षाको निम्ति उभिनुपर्ने अवस्था आएको उहाँको भनाई छ । यो संविधानमा भएका संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र मौलिक हकलाई टेकेर अघि नबढे प्राप्त उपलब्धि पनि गुम्ने भएकाले यो संविधानलाई टेकेर अघि बढ्नुपर्ने पनि उहाँले बताउनुभयो ।

नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा विघटनको कदम अलोकतान्त्रिक, अधिनायकवादी र असंवैधानिक भएको बताउनुभयो । यसको परिक्षण गर्ने थलो अब अदालत भएकाले अदालतले यसको बैधानिकता, कानुनी पक्ष, औचित्य र सान्र्दभिकता सबै सर्वोच्च अदालतले निरुपण गर्ने उहाँको भनाई छ । सर्वोच्च अदालतले निष्पक्षतापूर्वक तथा स्वतन्त्रतापूर्वक निर्णय गर्नेमा उहाँको विश्वास छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पक्षका नेता तथा राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले पार्टी सँगको झगडाका कारण प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको बताउनुभयो । अविश्वासको प्रस्ताव आउने सम्भावनाको कारण विघटन गरिएको तर्क प्रधानमन्त्री ओलीले दिने गरेको भन्दै उहाँले प्रधानमन्त्री ओलीले फट्याई गरेको बताउनुभयो ।

पूर्व सभामुख दमननाथ ढुंगानाले जनताको बलिदान र संघर्षको अपमान गर्ने राजनीतिक कदम अहिलेको प्रतिनिधि सभा विघटन भन्दा अर्को नभएको जिकिर गर्नुभयो । प्रधानमन्त्री ओलीले शासकीय दम्भ देखाएको उहाँको भनाई छ । संसद पुर्नस्थापना गर्नु आवश्यक रहेको उहाँको भनाई छ ।

बरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री ओलीलाई बहुमत, अल्पमतको कुनै अर्थ नरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीलाई एकलौटी चाहिएको उहाँको भनाई छ । प्रधानमन्त्री ओलीसँग आफुबाहेक अरुलाई कुर्सी नछोड्ने राजनीतिक अभिष्टता रहेको पनि उहाँले बताउनुभयो ।कार्यक्रममा बोल्दै सबै बक्ताहरुले संसद विघटनको कदमप्रति विरोध जनाउँदै पुर्नस्थापनामा जोड दिनुभएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button