कमलपोखरी निर्माणमा बिरोध गर्नुको अर्थ छैन- ज्ञवाली

पोखरा न्यूज संवाददाता । काठमाडौंको कमलपोखरी निर्माण गुरुयोजना अनुरुप नै अगाडि वढाइने भएको छ । काठमाडौँ महानगरपालिकाले गुरुयोजना अनुसार नै काम भएकाले बिरोध गर्नुको कुनै अर्थ नहुने जनाएको छ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले कमल पोखरीको संरक्षण गर्नका लागि गुरु योजना बनाएर निर्माण कार्य गरिरहेको र कमल पोखरीको जग्गामा अनाधिकृत रुपमा बनाइएको स्पोर्टस् क्लब र राधेराधेको भवन हटाएकाले त्यसको विरोध गर्नुपर्ने कारण नभएको बताउनुभयो । उक्त भवनहरु नक्सा पास गरेर स्वीकृति नलिइ बनाइको पनि उहाँले जानकारी दिनुभयो ।

कमल पोखरीको जग्गामा बसिरहेका नेपाल प्रहरी र ट्राफिक प्रहरी भने काठमाडौँ महानगरपालिको अनुरोधमा छोडेको उहाँको भनाई छ । स्पोर्टस् क्लब र राधेराधेको भवन अनाधिकृत रुपमा निर्माण भएको सूचना तथा प्रतिवेदन महानगरपालिकाले प्राप्त गरेपछि त्यहाँबाट उक्त भवन हटाइएको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button