पोखरामा आफ्नै घरको तीन तल्लामाथिबाट खसेर एक व्यक्तिको मृत्यु

पोखरा न्यूज । पोखरा-५ पस्र्याङ निवासी ५५ वर्षीय भुपाल रेग्मीको आफ्नै घरको तीन तल्लामाथिबाट खसेर मृत्यु भएको छ ।

आइतबार दिउँसो १२.३० बजे अचानक तीन तलामाथिबाट भुईमा खस्दा गम्भीर घाइते भएका रेग्मीको पोखरा स्थित फेवासिटी अस्पतालमा उपचारकै क्रममा मंगलबार दिउँसो ३.०० बजे मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

रेग्मीलाई शुरुमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको भएपनि थप उपचारका लागि सोही दिन फेवासिटी अस्पताल रिफर गरिएको थियो । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button