सत्यमोहन र राधाद्वारा शरीर दानको घोषणा

पोखरा न्यूज संवाददाता । शताब्दी पुरुष सत्यमोहन जोशी र उहाँकी धर्मपत्नी राधादेवी जोशीले आफ्नो मरणोपरान्त शरीर चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि दान गर्ने घोषणा गर्नुभएको छ ।

शुक्रबार आयोजित एक कार्यक्रमकाबीच जोशी दम्पतीले आफ्नो शरीरको शेषपछि चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किष्ट मेडिकल कलेजलाई अर्पण गर्ने जानकारी दिनुभयो । शताब्दी पुरुष सत्यमोहन जोशी र उहाँकी धर्मपत्नी राधादेवी जोशीले कृष्ट मेडिकल कलेजलाई लेखिएको शरीर दान गर्ने मञ्जुरी पत्रमा हस्ताक्षर गर्नुभएको छ । उहाँहरुले आफ्नो छोरा अनुराज जोशीसमेतको सहमतिमा हस्ताक्षर गर्नुभएको हो । शताब्दी पुरुष जोशीले आफ्नो शरीरको लामो आयू कसरी भयो भनेर अध्ययन गर्न काम लागोस् भनेर स्वेच्छाले दान दिएको बताउनुभयो ।

घोषणा कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शताब्दी पुरुष जोशीले शरीर दान दिएर माइलस्टोन कोर्नुभएको बताउनुभयो । उहाँले आफ्नो जीवनमा अनेकौँ इतिहास रच्नुभएकोले सबैको गौरव, प्रेरणा र आदर्श रहेको बताउनुभयो । महर्जनले ललितपुर महानगरपालिकाले राष्ट्रमा योगदान पुर्याउनुहुने राष्ट्रसेवकलाई सम्मान गर्दै आएको बताउनुभयो । शताब्दी पुरुष सत्यमोहन जोशीलाई पनि महानगरपालिकाले सम्मान गरेको उहाँको भनाई छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button