महिला हिंसा अन्त्यको माग गर्दै मार्च

पोखरा न्यूज संवाददाता । बृहत् नागरिक आन्दोलनले सबै प्रकारका महिला हिंसा, हत्या र दण्डहिनताको समुल अन्त्यको माग गर्दे काठमाण्डौमा महिला मार्च निकालेको छ ।

बसन्तपुरबाट शुरु भएको महिलामार्च न्यूरोड, रत्नपार्क, भद्रकाली हुँदै सिंहदरबार मूल गेटमा आएर समापन भएको थियो । महिला मार्चमा मैना सुनुवारदेखि निर्मला पन्तसम्म, अंगिरा पासीदेखि भागरथी भट्टसम्मको वलात्कारपछिको हत्या श्रृङ्खला सदाको लागि बन्द हुनुपर्ने, पीडितहरुले न्याय पाउनुपर्ने, अपराधी र बलात्कारीले उन्मुक्ति पाउनुनहुने लगायत नारा लगाईएको थियो ।

मार्चमा “बलात्कारी खुलेआम बलात्कृत गुमनाम, ए हजुर ! एउटा प्रश्न सोध्न पाईन्छ ? हामीले सास फेर्न कस्को सिफारिस चाहिन्छ ? घरभित्र लोग्नले कुट्छ घर बाहिर सत्ताले लुट्छ, बलात्कारको घटना दिनदिनै बढ्छ, गृहमन्त्री भन्छ नेपालमा कम छ, मैलिक हक हुँदैछ हनन् हरेक दिन नयाँ प्रतिगमन, हामी सडकबाट चुनौती दिन्छौँ लगायतका प्लेकार्डहरु सहित नाराबाजी समेत गरिएको थियो ।

महिला मार्चमा जनता समाजवादी पार्टीकी नेतृ एवं पुर्वमन्त्री हिसिला यमी, राष्ट्रिय मानवअधिकार आयोगकी पुर्व सदस्य मोहना अन्सारी, पत्रकार नारायण वाग्ले, खगेन्द्र संग्रौला लगायत नागरिक समाज, युवायुवती, राजनीतिक दलका नेतृहरु लगायतको सहभागीता थियो । बसन्तपुरबाट सुरु भएको महिला मार्चमा एक जना युवतीको शब बनाई कलाकारहरुले शब यात्रा नै गरेका थिए । असंबैधानिक कदमको दाहासंस्कार गरिएको भन्दै प्रतिकात्मक रुपमा शब यात्रा गरिएको आयोजकले जनाएका छन् ।

त्यसैगरी सबै प्रकारका महिला हिंसा, हत्या र दण्डहिनताको समुल अन्त्यका लागि केही समय मार्च पनि गरिएको थियो । मार्चमा सहभागी महिला कलाकारले महिला विरुद्धको हत्या हिंसा लगायत बारे प्रतिकात्मक नाटक प्रर्दशन गरेका थिए । महिलामार्च पछि आयोजिक सभालाई सम्बोधन गर्दै महिला अधिकारकर्मीहरुले दिनहुँ महिला एवं बालिकाहरु असुरक्षित रहँदा पनि सरकारले उनीहरुलाई न्याय दिन नसकेको भन्दै आक्रोश पोखेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button