आजको राशिफल : २०७७ साल फाल्गुण १ गते, शनिबार

आज मितिः २०७७–फाल्गुन–१, शनिबार, नेपाल सम्वत् ११४१, तदनुसार फ्रेब्रुवरी महिनाको १३, २०२१, माघशुक्ल पक्ष, सम्वत्सरः प्रमादी ।

तिथिः द्वितीया घ.प.:४४ः५३(२४ः४२), नक्षत्रः शतभिषा (२१ः१२), योगः शिवः, करणः बालव, आनन्दादी योग : आनन्द

चन्द्रमाः कुम्भ, सूर्यः कुम्भ, अयनः उत्तरायण

सूर्योदयः ६ः४५

सूर्यास्तः १७ः५३

आजको राशिफलः

मेष. समग्रमा तपार्इंको आजको दिन सुखद रुपमा बित्ने देखिन्छ । मन प्रफुल्ल हुनुका साथै आर्थिक कारोबारमा सफलता प्राप्ति हुनेछ । साथीभाइको सहयोग प्रशस्त मात्रामा मिल्ने सम्भावना रहेको छ । अध्ययन–अध्यापनमा मन जानुका साथै सफलता प्राप्ति हुनेछ ।

वृष. तपार्इंको आजको दिन त्यति ठिकै रहेको छ । अनावश्यक खर्च र अपजस व्यहोर्नुपर्ने भएकाले स्वभाविकतः मानसिक तनाव बढ्नेछ । बोलिमा विचार पुर्याउन नसक्दा अर्को समस्या निम्तने भएकाले सावधानी अपनाउनुपर्ने हुन्छ ।

मिथुन. समग्रमा तपाईको आजको दिनमा मानसम्मान र पदप्रतिष्ठा बढ्ने योग देखिएको छ । नयाँ–नयाँ काममा अथवा व्यवसायिक क्षेत्रमा मन जनेछ । आफन्तले सहयोग गर्दा मन प्रफुल्ल हुनेछ भने स्वास्थ्यले पनि तपाईलाई पूर्ण साथ दिने छ ।

कर्कट. आजको दिन तपाईलाई कष्टकर हुने देखिन्छ । आजको दिनमा तनाव र समस्या सिर्जना हुने भएकाले सतर्कता अपनाउनुपर्ने हुन्छ । आर्थिक क्षेत्रमा नोक्सानीको सम्भावना रहेकाले होसियारी अपनाउनुपर्ने हुन्छ । आफन्तको असहयोगले काम बिग्रने देखिन्छ ।

सिंह. तपाईको लागि आजको दिन राम्रै रहेको छ भन्न सकिन्छ । आफन्त तथा साथिभाइको सहयोग मिल्नेछ भने पुराना साथीभाइहरुसँग भेटघाटको अवसर जुट्नेछ । अर्थ व्यवस्थापनमा सहजता र सहयोगीपनको भावना जागृत हुनेछ । समग्रमा तपाईका लागि आजको दिन राम्रो रहेको छ ।

कन्या. तपाईको लागि आजको दिन त्यति राम्रो मान्न सकिदैन । झैझगडाको सम्भावना देखिएको छ । दुर्घटनाको पनि सम्भावना देखिएकाले सतर्कता अपनाउनुपर्ने हुन्छ । सबैको अपजसले गर्दा गरेका काम पनि बिग्रने देखिन्छ भने बोलिमा सजगता अपनाउनुपर्ने दिन रहेको छ ।

तुला. आजको दिनमा तपाईका लागि रोजगारीको अवसर आउने समय रहेको छ । मिष्ठान्न भोजनको योग देखिदा व्यापार व्यवसायबाट राम्रो हुने सम्भावना छ । गरेका कार्यहरु सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । स्वास्थ्यले साथ दिनेछ ।

वृश्चिक. आजको दिनमा तपाईको आत्मबल बढेर जानेछ । गरेका कार्यहरु सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । अध्ययनमा रुचि बढ्नेछ भने सामाजिक कार्यमा मन जानेछ । आफन्तबाट सहयोग मिल्नेछ । चारैतिरबाट प्रशंसा बटुल्ने समय रहेको छ ।

धनु. तपाईको आजको दिन सन्तोषजनक देखिन्छ । पारिवारिक स्थितिमा सुधार आउँदा दिनचर्या भने सुखमय तवरले बित्नेछ । मान–सम्मान प्राप्त हुदा रोजगारीको अवसरहरु सृजना हुने सम्भावना रहेको छ । अध्ययन–अध्यापनमा मन जानेछ ।

मकर. तपाईको आजको दिन राम्रो देखिदैन । पेटमा गडबढी हुने भएकाले स्वास्थ्यको मामलामा सावधानी अपनाउनुहोला । गरेका काममा समस्या मात्र सृजित हुने भएकाले अलि विवेक र होस पुर्याएर मात्र काम गर्नुपर्ने समय रहेको छ । आजको दिनमा सतर्कता अपनाउनुहोला ।

कुम्भ. तपाईको आजको दिन राम्रो रहेको छ । व्यापार व्यवसाय तथा आर्थिक कारोबारले सफलता दिदा खुसिपूर्वक दिन बित्ने देखिन्छ । नयाँ–नयाँ कामका अवसरहरु प्राप्त हुनेछ । मानसम्मानपूर्वक नै तपाईको आजको दिन व्यतित हुने समय रहेको छ । समग्रमा आज तपाईको लागि राम्रो रहेको छ ।

मीन.आजको दिन तपाईका लागि राम्रो रहेको छ । नसोचेको क्षेत्रबाट आर्थिक तथा धनार्जनको उपलब्धि हुने सम्भावना पनि उत्तिकै प्रबल रहेको छ । गरेका कार्यबाट जस प्राप्ति हुँदा सबैतिरबाट प्रशंसा पाइनेछ । स्वास्थ्यको साथ रहने हुँदा दैनिक कार्य सफलताका साथ सम्पन्न देखिन्छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button