समुदायमूखि हुन रेडियो सक्रिय हुनुपर्ने

पोखरा न्यूज । आम समुदायप्रति पूर्ण समर्पित भई समुदायमूखि कार्यक्रमहरु गर्न सामुदायिक रेडियोहरुको भूमिका महत्वपूर्ण हुने पोखरामा आयोजित कार्यक्रममा जोड दिइएको छ ।

१० औँ विश्व रेडियो दिवसको सन्दर्भमा नयाँ विश्व नयाँ रेडियो अभियान बोकेको सामुदायिक रेडियो प्रसारक संघ मार्फत देशैभर रेडियोको माध्यमबाट भएको कार्यक्रमहरुबढी प्रभावकारी रहेको छ । रेडियोबाट हुने कार्यक्रमको माध्यमबाट समुदायमा प्रत्यक्ष जोडिने मौकासहित आवाज विहीनको आवाज बन्न रेडियोको रचनात्मक सहयोग रहेको संघका केन्द्रीय सदस्य गणेश श्रेष्ठले बताउनुभयो ।

रेडियोलाई थप प्रभावकारी बनाउँदै पोखरालाई मिडिया हब सेन्टरको रुपमा विकास गर्न सबै रेडियोको एकता महत्वपूर्ण रहने श्रेष्ठले बताउनुभयो । सो अवसरमा पोखराका रेडियोकर्मीले आफ्नो भनाई राखेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button