राजनीतिक स्थायित्व र समृद्धिको लागि दुई पार्टीबीचको एकता भएको थियो -उपप्रधानमन्त्री पोखरेल

पोखरा न्यूज संवाददाता । नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटो खुलोस भनेर नै एक भएका दुई पार्टीबीचको एकता टुट्नु दुःखद कुरा भएको बताउनु भएको छ ।

प्रेस संगठन नेपाल गण्डकी प्रदेश भेलालाई आइतबार पोखरामा सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो –छ/छ महिनामा सरकार परिवर्तन र त्यसपछि हुने फोहोरी खेलबाट पन्छिएर पाँच वर्षको स्थायी सरकार र आर्थिक समृद्धिलाई अगाडि बढाउनकै लागि पूर्व एमाले र पूर्व माओवादीबीच एकता भएको हो । पार्टी एकता भयो, नेकपाले दुई तिहाई मत पनि ल्यायो तर निर्वाचन जितेकै दिनदेखि प्रचण्डले सरकार बिरुद्ध षणयन्त्र शुरु गरेको आरोप पोखरेलको छ ।

आफ्नै पार्टीको सरकार छ, सरकारले राम्रा काम गरेको पनि छ तर प्रचण्डले कहिल्यै सरकारले राम्रो काम गर्यो भनेर कही चर्चा गरिएन, उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो-नेपालको चुच्चे नक्शा ल्याइयो, छापियो तर प्रचण्ड र नेपालले त्यो नक्शाको खुलेर प्रशंसा गर्नुभएन । सरकार ताजा जनादेशका लागि चुनाबमा जान्छु भन्नु के असंबैधानिक कदम हो ? उहाँको प्रश्न थियो ।

संचारकर्मीले आफ्नो व्यवसायिक दक्षतामा त्यति नै ध्यान दिन जरुरी छ , व्यवसायिक दक्षता भएन भने कहीँ पनि बिकिदैन नत राजनीतिमा नै, दक्ष र सक्षम पत्रकरहरुले बिस्तारै पार्टीलाई बिर्सदै गएको आरोप पनि उपप्रधानमन्त्री पाखरेलको छ । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा विकासमन्त्री किरण गुरुङले निर्वाचन घोषणा गर्नु प्रतिगमन नभई अग्रगमन भएको बताउनुभयो ।

पूर्वमन्त्री खगराज अधिकारी, जगत विश्वकर्मा, पत्रकारहरु राजेन्द्र गौतम, गणेश बस्नेत, डा. महेन्द्र विष्ट, राजेन्द्र अर्याल, प्रमोद दाहाल, गणेश पाण्डे, दुर्गाभण्डारी, माधव शर्मा लगाएतले आफ्नो भनाई राख्नुभएको थियो । गण्डकी प्रदेश संयोजक सुश्मा पौडेलको अध्यक्षतामा भएको भेलामा गण्डकी प्रदेशका नौ जिल्लाका प्रतिनिधिको सहभागिता रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button