सरस्वती पूजनोत्सव वक्तृत्वकला तथा हाजिर जवाफ प्रतियोगिता

पोखरा न्यूज । केदारेश्वर छात्र परिषद्को आयोजनामा सरस्वती पूजनोत्सव वक्तृत्वकला तथा हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको छ । केदारेश्वर महादेवमणि सेवाआश्रमको सहयोग तथा केदारेश्वर वैदिक गुरुकुल विद्याश्रमको संयोजनमा कार्यक्रम भएको हो । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्वर ६ का अध्यक्ष जगत पहारीले कदारेश्वर सांस्कृतिक अध्ययन केन्द्रको रुपमा निर्माणाधीन पुस्तकालयलाई वडा स्तरीय बजेटबाट रु १५ लाख स्वीकृत भईसकेको जानकारी गराउँदै अन्य विकासका योजनामा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । मानव जीवनमा विद्या भन्दा ठूलो धन केही पनि नभएको हुँदा त्यो पनि संस्कृति विद्याका प्रदान गर्ने केदारेश्वरको अभियानमा आफु लाग्ने बताउनुभयो ।

विश्व हिन्दूमहासंघ कास्कीका अध्यक्ष पार्वता पौडेलले केदारेश्वरका बटुकहरुको प्रस्तुतिकरणले आफु प्रभावित भएको बताउँदै केदारेश्वरको हरेक गतिविधिमा विश्वहिन्दुमहासंघ सँगसँगै रहने बताउनुभयो ।रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारीले भगवान्को कृपा, गुरुको संकल्प अनि केदारेश्वर महादेवमणि सेवा आश्रम संचालक समितिको प्रयासले यस क्षेत्रको परिवर्तन भएको बताउँदै खुशी व्यक्त गर्नुभयो । साथै उहाँले भोलिका दिनमा संचार क्षेत्रबाट गर्नुपर्ने साथ गर्ने प्रतिवद्धता जनाउनुभयो ।

केदारेश्वर महादेवमणि सेवा आश्रमका पीठाधीशको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत केदारेश्वर छात्र परिषद्का उपाध्यक्ष हेमराज खतिवडाले गर्नुभएको थियो भने संचालन अध्यक्ष अर्जुन खतिवडाले गर्नुभएको थियो । कार्यक्रममा केदारेश्वर गुरुकुल विद्याश्रमका सचिव इन्द्रप्रसाद बराल, निर्णायक माधवशर्मा लगायतले बोल्नुभएको थियो । केदारेश्वर महादेवमणि सेवा आश्रमका वरिष्ठ उपाध्यक्ष दयानन्द पोख्ररेलले कार्यक्रमको समापन गर्दै केदारेश्वर गुरुकुल विद्याश्रमको जिर्णोद्धार भवन तथा शौचालय निर्माणका लागि पोखरा महानगरपालिकाद्धारा अनुमति प्राप्त भईसकेको जानकारी गराउनुभयो ।

सोही अवसरमा आयोजित हाजिर जवाफ प्रतियोगितामा उत्तम दुवाडीको समुह प्रथम, माधव गौतमको समुह द्धितीय, कृष्ण ढकालको समुह तृतीय र गणेश भण्डारीको समुह सान्त्वना भएका छन् । वक्तृत्वकला प्रतियोगितामा कृष्ण ढकाल प्रथम, उत्तम दुवाडी द्धितीय, प्रल्लाद दवाडी तृतीय र गणेश भण्डारी सान्त्वना भएका छन् । कार्यक्रमा सरस्वती माताको विधिपुर्वक विशेष पूजासमेत गरिएको थियो ।
सोही कार्यक्रममा विद्यालयमा अध्ययरत उत्कृष्ठ अंक प्राप्त गर्न सफल विद्यार्थीलाई पदक प्रदान गर्ने उद्देश्यले ललितपुर निवासी ईन्दिरा पाण्डेले १ लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । सोही अवसरमा काठमाण्डौ निवासी कय सिंहले ५१ हजार र संस्थाको कोषाध्यक्ष रामप्रसाद बस्ताकोटीले आफ्नो ५० औं वैवाहिक वर्षगाठँको अवसरमा ५१ हजारको अक्षयकोष रकम हस्तान्तरण गर्नु भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button