पोखरामा गण्डकी प्रदेशस्तरीय विद्यालय चित्रकला प्रतियोगिता हुने

पोखरा न्यूज । पोखरामा गण्डकी प्रदेश स्तरीय विद्यालय चित्रकला प्रतियोगिता हुने भएको छ ।

इन्द्रेणी थिएटर पोखरा र लायन्स क्लब अफ पोखरा ग्लोवल सेन्चुरीद्वारा आयोजित उक्त प्रतियोगितामा कक्षा ८-१२ कक्षा सम्म अध्ययनरत विद्यार्थीलाई सहभागी हुन पाउने छन् ।

दुई चरणमा सम्पन्न हुने प्रतियोगितामा पहिलो चरणमा आएका सम्पूर्ण चित्रहरुबाट उत्कृष्ट दश प्रतियोगीलाई कार्यक्रम स्थलमा बोलाई चित्र कोर्न लगाइने जानकारी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले दिनुभयो ।

छनौट भएका दशजनाको चित्र मूल्याङ्कन गरी उत्कृष्ट चार जनालाई पुरस्कृत गरिने भएको छ । प्रथम चरण अन्तरगत बालअधिकार- समाज निर्माणको आधार र दोस्रो चरणका चित्रमा वातावरण–जीवनको आधारशीला बिषयमा केन्द्रित भएर चित्र कोर्नुपर्ने हुन्छ । प्रथम चरणका प्रतियोगीले इन्द्रेणी थिएटरको वेबसाइट www. indrenitheater.com.np मा यही फागुन २५ गतेसम्म दर्ता गरिसक्नु पर्ने हुन्छ ।

प्रथम चरणमा एक प्रतियोगीले एक मात्र चित्र र चित्र कुनैपनि रंग, मसी, कलम वा ब्रस (कुची) ले बनाउन सकिने छ । प्रतियोगीले आफ्नो नामथर, ठेगना, जन्ममिति, सम्पर्क, इमेल विद्यालयको नाम, ठेगना, कक्षा, रोल नं र विथार्थी परिचय पत्रको दुबैतर्फको फोटो र चित्रको फोटो खिचेर पठाउनुपर्ने बताइएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः ९ हजार, ६ हजार , ३ हजार र १ हजार नगद पुरस्कार स्वरुप प्रदान गरिने बताइएको छ । पहिलो चरणका उत्कृष्ट १० प्रतियोगीलाई कार्यक्रमस्थलसम्म पुग्ने आउनेजाने र खानाको व्यवस्था गरिने जानकारी उक्त संस्थाले दिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button