गण्डकीगोरखासमाचार

गोरखाका सडकमै ट्राफिकको प्रशिक्षण

पोखरा न्यूज । गोरखामा दुई पाङ्ग्रे सवारी साधनका चालकलाई सडकमै ट्राफिक नियम सम्बन्धी प्रशिक्षण दिइएको छ ।

गण्डकी प्रदेश सरकार अन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोग तथा समन्वयमा गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौंडा कास्कीद्वारा उक्त प्रशिक्षण दिइएको हो । फाल्गुण ३–९ गतेसम्म संचालित उक्त प्रशिक्षणमा गोरखाको बसपार्क, हरमटारी, लक्ष्मीबजार, आहाले, बाह्रकिलो, मजुवा, देउराली लगायतका स्थानका सडकमा बसेर ट्राफिकले दैनिक दुई घण्टा प्रशिक्षण दिएको हो ।

ट्राफिक प्रहरीले दैनिक दुई घण्टा सडकमा गुडिरहेका दुई पांग्रे सवारी साधन ( मोटर साईकल, स्कुटर) का चालकलाई सवारी चलाउँदा ध्यान दिनु पर्ने कुराहरु, सडक अनुशासन, सडक सुरक्षा, दुर्घटना न्यूनीकरण र सवारी दुर्घटनाबाट बच्ने मुलभुत उपायहरुका बारेमा प्रशिक्षण गरेको जानकारी प्रहरीले दिएको छ ।

उक्त कार्यक्रममा ८१० जना दुई पाङग्रे सवारीका चालकलाई प्रशिक्षण प्रदान गरी १०१५ प्रति पर्चा पम्प्लेट विरतण गरिएको थियो । गण्डकी प्रदेश अन्तर्गतका जिल्लाहरुमा यस आर्थिक वर्षमा दुई पांङग्रे सवारी साधनबाट ४२ वटा सवारी दुर्घटना भएको उक्त दुर्घटनाहरुमा १० जना व्यक्तिको मृत्यु हुनुका साथै ३७ जना व्यक्तिहरु घाइते भएको तथा सवारी दुर्घटनामा संलग्न सवारी साधनहरु मध्ये दुई पाङ्ग्रे सवारी साधनको संख्या अत्याधिक भएको बताइएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button