नवलपुरमा सडक दुर्घटना हुँदा २ को मृत्यु

पोखरा न्यूज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार दुर्घनामा परेका दुवै ट्रकका चालकको मृत्यु भएको हो । उहाँका अनुसार दुर्घटनामा परी ना६ख ३०११ नंको ट्रक चालक पोखरा महानगरपालिका-१५ बस्ने ५१ वर्षीय खिमबहादुर विक र ना७ख ७०२३ नंको ट्रकका चालक हेटौँडा उपमहानगरपालिका बस्ने ३४ वर्षीय राजकुमार न्यौपानेको मृत्यु भएको छ ।

दुर्घटनामा परेर ट्रकका सहचालकसमेत घाइते भएका छन् । ट्रकका सहचालक तनहुँ बन्दीपुर गाउँपालिका-३ बस्ने १८ वर्षीय विश्वास शाही र बवही गाउँपालिका-६ दाङ बस्ने ३३ वर्षीय घनश्याम खड्का घाइते भएका छन् । घाइते दुवैको अवस्था गम्भीर रहेको र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button