टी-ट्वान्टी क्रिकेट लिगमा पोखरा र चितवनको जीत

पोखरा न्यूज । चितवन क्रिकेट क्लब र सुपर जनरल पोखराले पोखरा रंगशालामा जारी क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबारका खेलमा जीत हाँसिल गरेका छन् । चितवनले काठमाण्डौको बालुवाटारलाई तथा आयोजक पोखराले स्याङ्जा क्रिकेट क्लबमाथि जीत निकालेको हो ।

के.एन. स्पोर्टस प्रालिको आयोजना तथा सुपर जनरल कम्पनीको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा मंगलबारको पहिलो खेलमा चितवन ४ विकेटले विजयी भएको हो । पहिला व्याटिङ्ग गरेको बालुवाटारले पूरा २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय २६ रन बनाएको थियो जसमा कप्तान सुमन उदयले २९ रनको पारी खेले । चिवतनका दिपेश श्रेष्ठले ३ विकेट लिए ।

जीतका लागि १ सय २७ रनको लक्ष्य पाएको चितवनले १४.४ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पार गर्याे । चितनको जीतमा विन्धेश्वरी भाँडा उद्योग म्यान अफ द म्याच हुन सफल प्रतीक शर्माले ५३ रनको महत्वपूर्ण योगदान दिए । ३३ बलको सामना गरेका उनले २ छक्का र ४ चौका प्रहार गरे । अर्का व्याट्स्म्यान विक्रम कुमार गुप्ताले २४ रन जोडका थिए ।

अर्को खेलमा पोखराले स्याङ्जामाथि २९ रनको जीत निकालेको हो । पहिला व्याटिङ्ग गर्दै पोखराले १९.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय १४ रन बनाएको थियो । पोखराका लागि अनुभवी खेलाडी दिपेश खत्रीले सर्वाधिक १९ रन जोड्दा अनिल गुरुङ्गले १७ रनको इनिङ खेले ।

जवाफी व्याटिङ्गमा आएको स्याङ्जा १६.३ ओभरमा ८५ रनमै समेटिएको थियो । स्याङ्जालाई सस्तैमा समेट्ने क्रममा विन्धेश्वरी भाँडा उद्योग म्यान अफ द म्याच दिपेश खत्रीले २, लालबहादुर अधिकारीले २ तथा गोविन्द प्रधान, सुवास भण्डारी र अमृत गुरुङ्गले समान १-१ विकेट लिए । स्याङ्जाका मिलन क्षेत्रीले १४ रन जोडेका थिए ।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button