नवलपुरमा लागुऔषधसहित ३ जना पक्राउ

पोखरा न्यूज । नवलपुरमा बिहीबार लागुऔषधसहित तीन युवक पक्राउ परेका छन् ।

पूर्व-पश्चिम राजमार्ग अन्तरगत मध्यविन्दु नगरपालिका-१५ भंडरामा प्रहरीले बसमा चेकजाँच गर्ने क्रममा उनीहरु लागुऔषधसहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा चितवन भरतपुर-१३ निवासी २५ वर्षीय नितेश ठकुरी, २१ वर्षीय साजन श्रीमल र २० वर्षीय राजेन्द्र खड्का रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले नुर्फिन ११० एम्पुल, फेनरागन ११० एम्पुल र डाइजापाम ११० एम्पुल गरी ३३० एम्पुल लागुऔषधसहित बरामद गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button