पोखरामा प्लम्बर मिट

पोखरा न्यूज । जोनसन ईन्टरनेशनलद्वारा गण्डकी प्रदेशको पर्यटकीय नगरी पोखरामा डिलर तथा प्लम्बर मिट कार्यक्रम सम्पन्न भएको छ ।

नेपालमा नै निर्मित अन्तर्राष्ट्रियस्तरको धाराजन्य उत्पादनहरुको एक मात्र ब्राण्ड जोनसन ईन्टरनेशनल प्रालिले आफ्नो बजार विस्तार गर्ने तथा आफ्ना ग्राहकहरुको समस्यालाई सम्बोधन गर्ने उद्देश्यले गत वर्षकै कार्यक्रमलाई निरन्तरता दिँदै यस वर्षपनि कार्यक्रम आयोजना गरेको बताइएको छ ।

उक्त कार्यक्रममा बोल्दै कम्पनीका कार्यकारी निर्देशक राजन झा ले यस किसिमका उत्पादनशील क्षेत्रमा लगानी र ब्यापार अझ विस्तार गर्नसके नेपालको उत्पादन क्षमता बृद्धिभई नेपाललाई नेपाललाई आत्मनिर्भर हुन सहयोग पुग्ने कुरामा जोड दिनुभयो।

कार्यक्रममा गण्डकी अञ्चलका बिभिन्न क्षेत्रबाट एक सय २० जना भन्दा बढी डिलर तथा प्लम्बरहरूको उत्साहजनक उपस्थिति थियो र यसबाट उपभोक्ताहरुले कम्पनीबाट अझ सहजरुपमा सेवा प्राप्त गर्ने अपेक्षा कम्पनीले लिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button