सरकार गठनमा काँगेसले ढुलमुले नीति लिनु हुदैन- वरिष्ठ नेता पौडेल

ऋषिराम बराल । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको रक्षाका निम्ति अब काँग्रेसले ढुलमुले नीति लिन नहुने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन कास्कीद्वारा संचालित एवं पूर्णप्रसाद / मायादेवी बराल प्रतिष्ठानद्वारा स्थापित पूर्णप्रसाद/मायादेवी शान्ति पत्रकारिता पुरस्कार २०७७ द्वारा मंगलबार पोखराका पत्रकार हिमनिधि लौडारीलाई पुरस्कृत गर्दै नेता पौडेलले भन्नुभयो–लोकतन्त्र प्रति विश्वास र प्रतिवद्ध पार्टी नेपाली काँग्रेसले लोकतन्त्रको रक्षाका लागि अब अग्रसरता लिनैपर्छ ।

“नेपालमा यतिबेला राजनीतिक संकट छ, प्रधानमन्त्री केपी ओली कताकता लोकतन्त्रप्रति उदासिन भएका हुन कि जस्तो देखिएका छन, संकटको यस घडीमा विदेशी शक्तिहरुले पनि यतिबोल नेपालमा खेलिरहेका छन्, उनीहरुले आफ्नो स्वार्थका लागि लोकतन्त्रलाई नै समाप्त पार्ने हुन कि भन्ने संकेत पनि देखिएका छन्, यस्तो संकटको बेला काँग्रेसले लोकतन्त्र रक्षाका लागि ढुलमुले नीति लिनु हुदैन” नेता पौडेलले भन्नुभयो । “आजै काठमाण्डौ पुगेर सभापति देउवासँग कुरा गर्छु, म सभापति पनि हैन, संसदीय दलको नेता पनि हैन, म निर्णय गर्ने तहमा पनि छैन, मैले त लोकतन्त्र रक्षाका लागि पार्टीभित्र आवाज मात्र उठाउन सक्छु” नेता पौडेलले भन्नुभयो– राजनीति उल्टोबाटो तर्फ अगाडि वढ्दै छ ।

जनता समाजवादी पार्टीका नेताहरु भन्दै छन्, लोकतन्त्रको रक्षाका लागि सभापति शेरबहादुर देउवासँग वार्ता भएपनि उहाँले सरकार गठनमा त्यति चासो दिनुभएको छैन, पौडेलले भन्नुभयो-लोकतन्त्र नै समाप्त पार्न विदेशीले खेलिरहेको अवस्थामा अव काँग्रेसले नै सरकारको नेतृत्व लिएर अगाडि वढ्नु पर्ने हो कि उहाँको प्रश्न छ ।

वर्तमान राजनीतिलाई दिशा दिन काँग्रेसले पहल गनुनर्पे बताउदै नेता पौडेलले राजनीतिलाई उल्टोबाटो तर्फ जानबाट बचाउनुपर्छ ।
“म्यानमारमा जसरी प्रजातन्त्र र शान्तिपूर्ण आन्दोलनलाई दवाउने काम भएको छ, त्यो घातक हो, लोकतन्त्रमाथि आक्रमण गर्न पाइदैन, त्यहाँको दमनकारी नीतिको घोर भत्सना गर्छौ । नेपालमा पनि कताकता प्रभानमन्त्री लोकतन्त्रप्रति उदासिन भएको पान्इन्छ समयमै सचेत हुन जरुरी छ” नेता पौडेलले भन्नुभयो ।

नेपाली नेता शुक्रराज शर्माले लोकतन्त्र नै खतरामा परेको अबस्थामा काँग्रेसले लोकतन्त्रको रक्षाका लागि अग्रसरता देखाउन आवश्यक भएको बताउनुभयो ।नेपाली काँग्रेसका केन्द्रीय आमन्त्रित सदस्य कुमार खड्काले प्रधानमन्त्री केपी ओलीले सत्ता र शक्तिको बलमा व्यवस्थाको अस्थित्वमाथि नै कालोबादल ल्याउने काम नगर्न आग्रह गर्नुभयो । संचारकर्मीले अब राष्ट्र र राष्ट्रियताको रक्षाका लागि कलम र जिव्रो चलाउनु पर्ने अवस्था आएको उहाँले बताउनुभयो ।

सो अवसरमा नेपाली काँग्रेसका नेता यज्ञबहादुर थापा, कृष्ण केसी, पुरस्कृत व्यत्तित्व हिमनिधि लौडारी, पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, रमेश पौडेल, प्रतिष्ठानका अध्यक्ष भोला बराल लगायतले आफ्नो भनाई राखेका थिए । नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रदीप पौडेलले गरेका थिए, भने स्वागत मन्तव्य उपाध्यक्ष प्रकाशचन्द्र सापकोटाले गरेका थिए । प्रत्यक दुई वर्षमा प्रदान गरिने उक्त पुरस्कारको राशि ३३ हजार ३ सय ३३ रुपैयाँ रहेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button