गोरखामा आगो निभाउने क्रममा जलेर एकको मृत्यु

पोखरा न्यूज । गोरखामा बुधबार आगो निभाउने क्रममा जलेर एक जनाको ज्यान गएको छ ।

गोरखा आरुघाट -७ सात दोबाटो स्थित सालघारी जङ्गलमा लागेको आगो निभाउने क्रममा जलेर स्थानीय ७२ वर्षीय मोहन फेवाली मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मगरको शव बुधबार राति अन्दाजी ९ बजे जलेको अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिनुभयो ।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button