आजको राशिफलः चैत २४ गते मङ्गलबार

पोखरा न्यूज, वीरेन्द्र सापकोटा  । आज मितिः २०७७–चैत्र–२४, मङ्गलबार, नेपाल सम्वत् ११४१, तदनुसार अप्रिल महिनाको ६, २०२१, चैत्रकृष्णपक्ष, सम्वत्सरः प्रमादी ।

तिथिः नवमी पर दशमी, नक्षत्रः श्रवण., योगः सिद्ध, करणः वणिज, आनन्दादी योग: पद्म

चन्द्रमाः मकर, सूर्यः मीन, अयनः उत्तरायण

सूर्योदयः ५ः५१

सूर्यास्तः १८ः२३

आजको राशिफलः

मेष. तपाईको आजको दिन त्यति फलदायी देखिदैन । सोच विचार गरेर मात्र काममा सक्रिय हुदा राम्रो हुनेछ । कुनै पनि काममा मन भने जाने देखिदैन । आलस्यता र तनावले घेर्ने योग रहेको छ भने मानसिक चञ्चलताले सताउनेछ ।

वृष. तपाईको आजको दिन राम्रै रहेको छ । आर्थिक क्षेत्रमा सफलता मिल्नेछ भने गरेका कार्यहरु सहजताका साथ सम्पन्न हुनेछन् । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । धेरै ठाउँबाट प्रशंसा बटुल्ने योग रहेको छ । पारिवारिक सम्बन्मा प्रगाढता आउनेछ ।

मिथुन. तपाईको आजको दिनमा धेरै झन्झटको सामना व्यहोर्नुपर्ने देखिन्छ । आफन्त तथा साथीभाइले धोका दिदा मन खिन्न हुनेछ । अनावश्यक सोचाइले मानसिक तनाव तथा शारीरिक थकानको सम्भावना हुने देखिन्छ भने स्वास्थ्यले पनि तपाईलाई साथ दिने देखिदैन ।अध्ययनमा पनि मन जाँदैन ।

कर्कट. बिहानै शुभ समाचार प्राप्त गर्ने संकेत देखिन्छ । दिनभर मन प्रसन्नताका साथ व्यतित हुनेछ भने सुनौलो यात्राको अवसर पनि उत्तिकै रहेको छ । आम्दानीको श्रोत बढ्ने सुयोग रहेको छ । स्वास्थ्यमा सुधार आउनेछ । समग्रमा दिन राम्रो रहेको छ ।

सिंह. तपाईको आजको ठीक राम्रो मानिदैन । खर्चका माध्यमहरु बढेर जानेछन् । बोलीमा ध्यान नपुर्‍याउँदा बनेका काम पनि बिग्रने सम्भावना देखिएको छ । चोटपटकको भय बढेको छ भने सावधानी अपनाउनु नै बुद्धिमानी हुनेछ ।

कन्या. तपाईको दिन खुसीका साथ बित्नेछ । मनोरञ्जनको सुअवसर पाइनेछ । नयाँ–नयाँ व्यवसायमा मन जानेछ । खुसीका खबरहरु सुन्न पाइनेछ । स्वास्थ्यमा सुधार आउँदा मनमा भने प्रसन्नता छाउनेछ । आर्थिक कारोबारमा सुधार आउनेछ ।

तुला. तपाईका लागि आज यात्राको संयोग देखिएको छ । प्रेम सम्बन्ध झाँगिएर जानेछ । नयाँ–नयाँ कामका अवसर आउँदा आर्थिक क्षेत्रमा फट्को मार्न सकिनेछ । आज शत्रु पनि तपाईको पक्षमा उभिने सम्भावना देखिएको छ । समग्रमा तपाईको आजको दिन राम्रो छ ।

वृश्चिक. श्रीमान–श्रीमतीबिचको सम्बन्धमा प्रगाढ आउनेछ भने सन्तानको खुसी र साथ मिल्नेछ । आँटेका काम सफलताका साथ सम्पन्न हुनेछन् । नयाँ–नयाँ मित्रसँग सम्बन्ध बढ्नेछ । आर्थिक क्षेत्रमा सुधार आउनेछ । नयाँ–नयाँ समाचार प्राप्त हुनेछ ।

धनु. तपाईको आजको दिन त्यति राम्रो मान्न सकिदैन । आँटेका कामले पूर्णता नपाउँदा मनमा खिन्नता छाउनेछ । अर्थका क्षेत्रहरुमा हानी मात्र हुनेछ । साथीभाइहरुबाट धोका मिल्नेछ । चोटपटकको सम्भावना रहेको छ । आज मेहनत बढी नै गर्नुपर्ने देखिन्छ ।

मकर. तपाईको आजको दिन उत्कृष्ट रहेको छ । मान–सम्मानको योग रहदा मिष्ठान्न भोजनको समेत अवसर जुरेको छ । यात्राको प्रवल योग रहेको छ । स्वास्थ्य तपाइको पक्षमा रहेको छ । सन्तान र परिवारको पूर्ण साथ रहनेछ । आर्थिक कारोबार सुदृढ हुने देखिन्छ । मन प्रसन्न रहनेछ ।

कुम्भ. मनोरञ्जनात्मक यात्राका साथै आम्दानीका श्रोतहरु बढेर जानेछन् । मनमा खुसीका तरङ्गहरु उत्पन्न हुँदा समाचार पनि राम्रा–राम्रा सुन्न पाइनेछन् । साथीभाइको साथले नै काम कारबाहीहरु बन्नेछन् । गरेका काममा सफलता हात लाग्नेछ ।

मीन. तपाईको आजको दिन राम्रै छ । काम गर्नुभयो भने नसोचेको सफलता मिल्नेछ । सन्तानको साथ र सुख प्राप्ति हुदा नयाँ साथीहरुसँगको मिलनको पनि सम्भावना देखिएको छ । आर्थिक क्षेत्रहरु दरिलो भएर गएका छन् । समग्रमा दिन तपाईको पक्षमा रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button