१३ वर्ष पछि मानव वेचबिखन तथा ओसारपसार मुद्दाका प्रतिवादी पक्राउ

पोखरा न्यूज । मानव वेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी बारा जिल्लाकाे खुटुवा जब्दी गाविस-८ बस्ने ४५ वर्षीय वीरेन्द्र महतो धानुकलाई सोमबार प्रहरीले पक्राउ गरेको जनाएकाे छ ।

२०६४ साउन २९ गते राति बारा प्रसौनी गाविस-७ स्थित रहेको किराना पसल बन्द गरी घरतर्फ जाँदै गरेका खुटुवा जब्दी गाविस-८ बस्ने बलिराम साहलाई धानुक समेतका १० जनाले हातहतियार देखाई अपहरण गरी २० लाख रुपैयाँ रकम माग गरी बन्धक बनाई राखेको अवस्थामा २०६४ भदौ ३० गते साह भाग्न सफल भएका थिए ।

उक्त घटनामा संलग्न रही फरार रहेका धानुकलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button