गोरखामा ट्रयाक्टरबाट खसेर विद्यार्थीको मृत्यु

पोखरा न्यूज । स्कुलबाट घर फर्कने क्रममा ट्रयाक्टर चढेर आएका गोर्खाका एक विद्यार्थीको आज दुर्घटनामा परेर मृत्यु भएको छ ।

गोरखाको सहिदलखन गाँउपालिका वडा नं ९ का १३ वर्षीय दिवश ढकाल ट्रयाक्टरबाट खसेर ढालाले टाउकोमा लाग्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

स्कूलबाट घर फर्कने क्रममा सेप्राक नाम्जुङबाट गोरखा जाने कच्ची सडकखण्डमा ढकाल ग १ त ४५४२ नम्बरको ट्रयाक्टरमा चढेर आएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिनुभएको छ ।

पोखरेलका अनुसार घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button