एमालेद्धारा गण्डकी प्रदेशसभाको बैठक अवरुद्ध

पोखरा न्यूज । गण्डकी प्रदेशको विशेष अधिवेशन सत्ता पक्षका सांसदले नै अवरुद्ध गरेकाछन् । सत्तारुढ दल नेकपा एमालेले कोरोनाकाे दाेस्रो लहर चलेको अवस्थामा सांसदहरुको कोरोना परीक्षण नगरी बैठक डाकिएको भन्दै प्रदेश सभा अवरुद्ध गरेको हो ।

प्रदेश सभाका सदस्यहरुकाे पीसीआर परीक्षण नगरिएको, धेरै सदस्यहरुले खोपको दोस्रो डोज पनि नलगाएको र जिल्ला प्रशासन कार्यालय कास्कीले विषेधाज्ञासमेत जारी गरेको अवस्थामा प्रदेशसभाको बैठक चल्न नदिने प्रदेश सभा सदस्य राजीव पहारीले बताउनु भएकाे छ । सत्ता पक्षको अवरोधका कारण बैठक २० मिनेटका लागि स्थगित गरिएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध वैशाख २ मा दर्ता भएको अविश्वासको प्रस्ताव प्रदेशसभाको विशेष अधिवेशनमा सोमबार टेबुल भएर छलफल भइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button