कास्कीमा वैशाखभर कडा निषेधाज्ञा, अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक

सीमित सेवा व्यवसाय ४ घण्टा मात्र खुल्ने

पोखरा न्यूज । कास्कीमा नयाँ भेरिएन्टसहितको कोरोना भाइरसको संक्रमण तीव्र रूपमा बढ्दै गएपछि जारी निषेधाज्ञाको समय थप गरिएको छ । यस अघि जिल्लामा वैशाख १५ गतेबाट २१ गते राति १२ बजे सम्म खुकुलो गरी निषेध आदेश जारी भएकोमा २१ गते बिहान ५ बजेदेखि ३१ गते राति १२ बजे सम्मका लागि थप कडाइ गर्दै कास्की प्रशासनले निषेधाज्ञाको अवधि थप गरेको हो ।

प्रशासनले उक्त अवधिभर अत्यावश्यक कामबाहेक घरबाहिर हिँडडुल गर्न, सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार सञ्चालन गर्न, मानिस भेला हुन, भिडभाड गर्न सभा जुलुस गर्न जात्रा महोत्सव गर्न निषेध गरेको छ ।

जिल्ला भित्र सञ्चालन हुने अत्यावश्यक सवारीसाधनबाहेक यात्रुवाहक सार्वजनिक तथा निजी सवारीसाधनहरू सञ्चालनमा सो अवधिभर रोक लगाइएको छ । यसअघि अत्यावश्यक सवारीसाधनबाहेक यात्रुवाहक सार्वजनिक तथा निजी सवारीसाधनहरू सञ्चालनमा जोरबिजोर प्रणाली लागु भएको थियो ।

प्रशासनले औषधी एवं स्वास्थ्य सामाग्रीका पसलहरू २४ सै घण्टा खुला रहने तथा उपभोग्य, खाद्यान्न पसलहरू, डिपार्टमेन्टल स्टोर (खाद्यान्न मात्र ) बिहान ५ बजेदेखि बिहान ९ बजेसम्म मात्र सञ्चालन गर्न भनेको छ । त्यस बाहेकका सम्पूर्ण पसल तथा स्टोरहरू सञ्चालनमा रोक लगाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button