पर्वतमा संक्रमित पुरुषको उपचारको क्रममा निधन

पोखरा न्यूज । कोरोना संक्रमणबाट आज पर्वतमा ८४ वर्षीय वृद्धको मृत्यु भएको छ ।

जिल्ला अस्पताल पर्वतमा उपचारको क्रममा उहाँको निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पर्वतको कुश्मा नगरपालिका–४ का ८४ वर्षीय पुरुषको जिल्ला अस्पतालमा उपचारका क्रममा निधन भएको हाे । उहँलाई बैशाख १९ गते संक्रमण पुष्टि भएको थियो ।

यस अघि आजै २ जना कोरोना संक्रमित पुरुषको पोखराको चरक मेमोरियल अस्पताल र मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।

गण्डकी प्रदेशमा आज थप ३ जना पछि संक्रमणबाट निधन हुनेको संख्या २३५ पुगेको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिनुभएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button