पाेखरामा उपचारकाे क्रममा ३५ वर्षीया महिला र ४२ वर्षीय पुरुषकाे संक्रमणबाट निधन, २४ घण्टामा ११ ले ज्यान गुमाए

पोखरा न्यूज । पोखरामा उपचारको क्रममा थप २ जना कोरोना संक्रमितहरुको निधन भएको छ । पछिल्लाे २४ घण्टामा पाेखरामा उपचारकाे क्रममा कोरोना संक्रमणबाट निधन हुनेकाे संख्या ११ पुगेकाे छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पाेखरा र पर्वतकाे कुश्माका १/ १ जना पुरुष र महिलाकाे निधन भएकाे हाे । उहाँहरुकाे दुबैजनाकाे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरामा उपचाररकाे क्रममा निधन भएकाे हाे ।

पर्वत जिल्लाकाे कुश्मा नगरपालिका–१३ का ४२ वर्षीय पुरुषको आज बिहान निधन भएको छ । उहाँमा बैशाख २१ गते संक्रमण पुष्टी भएकाे थियाे ।

कास्की जिल्लाकाे पोखरा महानगरपालिका–१२ की ३५ वर्षीया कोरोना संक्रमित महिलाको गएराति निधन भएको हो । उहाँमा बैशाख १६ गते संक्रमण पुष्टी भएकाे थियाे ।

थप २ जनापछि गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या २६२ पुगेको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिनु भएको छ ।

पछिल्लो २४ घण्टामा कास्कीकाे पोखरा महानगरपालिका–१७ का ५३ वर्षीय पुरुष, रुपन्देहीको सिद्धार्थ नगरपालिका–८ का ६० वर्षीय पुरुष, स्याङ्जाको वालिङ नगरपालिका–३ का ४५ वर्षीय पुरुष, पोखरा महानगरपालिका–९ का ३१ वर्षीया महिला, म्याग्दीको मालिका गाँउपालिका–५ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट निधन भएको छ ।

स्याङ्जाको गल्याङ नगरपालिका–३ की ६० वर्षीय महिला, पोखरा महानगरपालिका–२ की ५८ वर्षीय महिला, पोखरा महानगरपालिका–२७ का ५२ वर्षीय पुरुष र पोखरा महानगरपालिका–१९ का ५८ वर्षीय पुरुषको पनि संक्रमणबाट पछिल्लो २४ घण्टामा निधन भएको हो ।

सबै ११ जना संक्रमितहरुकाे पाेखराका अस्पतालहरुमा उपचारकाे क्रममा निधन भएकाे हाे ।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button