बलिउड अभिनेता मिथुन चक्रवर्ती तत्काल गिरफ्तार नहुने

पाेखरा न्यूज । बलिउड अभिनेता मिथुन चक्रवर्तीलाई पश्चिम बंगालको चुनावी सभामा भड्काउ भाषण दिएको मुद्दामा आज कलकत्ता उच्च न्यायालयले तत्कालका लागि राहत दिएको छ ।

पश्चिम बंगालमा भएको बिधान सभा चुनाव अगाडि गत मार्चको पहिलो हप्ता अभिनेता चक्रवर्ती भारतीय जनता पार्टीमा प्रवेश गर्नुभएको थियो । कलकत्ताको पार्टी प्रवेश सभामा उहाँले थुप्रै फिल्मी डाइलग बोल्नु भएको थियो । जसमध्ये उहाँको पूरानो डाइलग मारुंगा यहाँ लाश गिरेगीे शमशानमे भन्ने थियो ।

चुनावी सभामा हिंसा भड्काउने भाषण गरेको भन्दै उहाँ विरुद्ध माणिकतला पुलिस थानामा एफआइआर दर्ता भएको छ । उहाँका तर्फबाट बहस गर्नुभएका वकिलहरुले अभिनेताले केवल फिल्मी डाइलग बोलेको बताउँदै भएको छ । निर्वाचन परिणाम घोषणा पछि पश्चिम बंगालमा ठूलो हिंसाका घटनाहरु भएका थिए ।

राज्य सरकारका तर्फबाट बहस गरिरहनु भएका सरकारी वकिल एसजी मुखर्जीले आज अदातलमा प्रहरी अधिकारीले अभिनेता चक्रवर्तीसँग भर्चुवल माध्यमबाट पुछताछ गर्न चाहेको बताए पछि न्यायाधिश कौशिक चन्द्राले बुधबारसम्मका लागि सुनुवाइ स्थगित गर्नुभएको छ । यसले गर्दा उहाँको तत्काल गिरफ्तारी टरेको छ । सरकारी वकिलकाे भनाइ पछि न्यायाधिश चन्द्राले मुद्दाकाे सुनुवाइ बुधबारसम्मका लागि स्थगित गर्नुभएकाे बताइएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button