पत्रकार महासङ्घ कतार शाखामा पुनः मियाँ निर्विरोध

तिलु शर्मा पौडेल, दोहा कतार  । नेपाल पत्रकार महासङ्घ कतार शाखाको सातौं अधिवेशन सम्पन्न भएको छ । भर्चुअल रूपमा आज सम्पन्न अधिवेशन मार्फत पुन एक कार्यकालका लागी करिम बक्स मियाँ अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनु भएको छ ।

नयाँ कार्यसमिति गठन प्रक्रिया पूर्ण सहमतिमा सम्पन्न भएको छनौट प्रक्रिया समितिका संयोजक क्रान्ति सिंहले जानकारी दिनु भयो । गत डिसेम्बरमा अधिवेशन गर्ने अन्तिम तयारी गरिए पनि कोरोनाका कारण अधिवेशन गर्न ढिलाइ भएको थियो । नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा नवराज बिक र दिल कुमार श्रेष्ठ, सचिवमा ढाकाराम पौडेल, सहसचिव दिलीप पराजुली, कोषाध्यक्ष दिनेश मानन्धर र सदस्यहरू लीलामणि पन्थी र टेकराज थापा रहनु भएको छ ।

सङ्घको विधान अनुसार नयाँ कार्यसमितिको पूर्ण बैठक पछि पार्षद् आव्हान गरिने र महिलालाई प्राथमिकतामा राखेर कार्य समिति थप बिस्तार गरिने प्रतिबद्धता नव निर्वाचित मियाँले गर्नु भएको छ । कतारको कानुनको दायरामा रहँदै सङ्घले कार्यसम्पादन गर्ने तथा परिस्थिति अनुकूल रहे विभिन्न तालिम तथा कार्यक्रमको आयोजना गरी सङ्घलाई थप बलियो बनाउने प्रतिबद्धता समेत गर्नु भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button