क्वारेनटिन सम्बन्धी कतारमा नयाँ नियम

नेपालबाट फर्कँदा होटेल क्वारेनटिन अनिवार्य !

दोहा कतार । कतारले नेपाललाई कोरोनाको उच्च जोखिम भएको देश (रेड जोन) मा राखेको भए पनि यहाँको स्वास्थ्य मन्त्रालयले तोकेका खोप लगाएकाहरूलाई कतार फर्कँदा क्वारेनटिन बस्न नपर्ने गरी लागु गरेको नियम खारेज गरेको छ ।

कतारको स्वास्थ्य मन्त्रालयका अनुसार ०२ अगस्ट २०२१ (तदनुसार २०७८ श्रावण १८ गते) देखि लागू हुने गरी नेपाल, भारत लगायत विश्वका अन्य देश(रेड जोन) बाट कतार प्रवेश गर्दा क्वारेनटिन बस्नु पर्ने भएको छ ।

कतारमा दुवै मात्रा खोप लगाएका वा कतारमा कोभिड-१९ सङ्क्रमण भई निको भएका यात्रुहरू कतार फर्कदॉ या बिदामा गएर फर्कँदा २ दिन होटेल क्वारेनटिन बस्नुपर्ने छ । दोस्रो दिनमा पी सी आर परीक्षण नेगेटिभ आएपछि आफ्नो गन्तव्यमा जान पाइने छ । कतार भन्दा बाहिर जुनसुकै खोप लगाएका वा नलगाएका सबैले १० दिन होटेल क्वारेनटिन बस्नुपर्ने छ ।

यस अघि कतार भन्दा बाहिर रहँदा (रेड जोन) फाइजर, बायोनटेक भ्याक्सिन, मोर्डना, आस्ट्राजेनेका र जोन्सन एन्ड जोनसन खोप लगाएकाहरूलाई होटेल क्वारेनटिन बस्न नपर्ने तर कतार सरकारले तोकेका मापदण्ड पालना गर्नु पर्ने नियम लागु गरिएको थियो । तोकिएका देश बाहेककाहरुको हकमा पुरानो नियम कायमै रहेको छ।

परिवर्तित नयाँ नियम अनुसार खोप नलगाएका (पारिवारिक, पर्यटक वा बिजनेस भिसा अन्तर्गतका) यात्रुहरूलाई कतारमा प्रवेश अनिश्चित कालका लागि बन्द गरिएको नेपाली राजदूतावासले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button