कतारको विभिन्न क्षेत्रमा लागेको प्रतिबन्ध खुकुलो बन्दै

तिलु शर्मा पौडेल, दोहा कतार । कोरोना कारण कतार सरकारले विभिन्न क्षेत्रमा लगाएको प्रतिबन्ध क्रमशः हटाउँदै गई रहेको छ l स्वास्थ्य मन्त्रालयले भाइरस नियन्त्रणका लागि लागू गरेको तेस्रो चरणको प्रतिबन्ध शुक्रबारबाट थप खुकुलो पारिएको जनाएको छ l तेस्रो चरण अन्तर्गत प्रार्थनाका लागि सबै मस्जिदहरु सबै उमेर समूहका लागि खुला गरिने भएको छ l

नयाँ नीति अनुसार खुल्ला क्षेत्रमा कोरोनाका दुवै भ्याक्सिन लगाएकाहरू ३५ जनासम्म जम्मा हुन् पाइने छ भने सम्पूर्ण सपिङ मलका चेन्जिङ रुमहरू खुल्ला गर्न पाइने भएको छ l २० प्रतिशतसम्म क्षमतामा खोप लगाएका ग्राहक र उनीहरूको बच्चालाई रेस्टुरेन्टमा बसेर खाना खान अनुमति प्रदान गरिएको छ l जोखिम मूल्याङ्कनको आधारमा ३० देखि ५० प्रतिशतसम्म क्षमतामा प्रदर्शनी, सम्मेलन र कार्यक्रम गर्न पाइने छ भने पार्क, बिच र कर्नेशमा २० जनासम्म भेला हुन पाइने छ l

मन्त्रालयका अनुसार एउटा डुङ्गामा २० जनासम्म चढ्न पाइने छ भने दुवै खोप लगाएका ३५ जनासम्मले खेलकुद प्रशिक्षण गर्न पाउने छन् l सरसफाइ सम्बन्धित कर्मचारीहरूले पूर्ण रूपमा काम गर्न पाउने भएका छन् l

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button