एनआरएनए कतारकाे कार्यसमिति विस्तार सहित विभिन्न समिति उपसमिति गठन

तिलु शर्मा पौडेल, दोहा कतार । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारको नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । आइसिसी सदस्य रमेश भट्ट र होमनाथ शर्माको विशेष उपस्थितिमा सम्पन्न बैठकले सङ्घको विधान बमोजिम विभिन्न समिति तथा उपसमिति गठन गरेको छ l

२०२१-२३ कार्यकाललाई थप मजबुत, छिटो छरितो र श्रमिक मुखी बनाउन विभिन्न समिति उपसमिति गठन गरिएको सङ्घका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले पोखरा न्युजलाई जानकारी दिनु भयो l बैठकले सचिवालय सदस्यमा कार्यसमिति सदस्य गजेन्द्र राई र मुख्तार आलामलाइ मनोनीत गरेको छ भने सङ्घको प्रवक्तामा सन्तोष क्षत्रीलाई मनोनीत गरेको छ।

सङ्घ संस्था समन्वय उपसमितिको संयोजकमा प्रथम उपाध्यक्ष जैवी चामलिंग राई, सुरक्षित आप्रवासन तथा श्रमिक कल्याण उपसमिति संयोजक प्रेम चलाउने र सह-संयोजक कृष्ण पन्थीलाई मनोनीत गरेको छ l

सुरक्षा तथा जनचेतना अभिवृद्धि उपसमिति संयोजकमा अम्बिका खत्री, साहित्य तथा प्रकाशन उपसमितिको संयोजक पदम गिरी, खेलकुद तथा अतिरिक्त क्रियाकलाप उपसमिति संयोजक रबिन मगर, आर्थिक विभाग संयोजक विनोद प्रसाद बसौला र सहसंयोजक बालकृष्ण न्यौपाने, महिला विभाग संयोजक नानु घले बलोन, युवा विभाग संयोजक सुमन भारती, युवासुचना तथा सञ्चार उपसमिति संयोजक सन्तोष क्षत्री, श्रमिक सचेतना परामर्श विभाग संयोजक मुखतार आलम, पर्यटन प्रवर्द्धन उपसमिति संयोजक सेवक बि. क, सामूहिक लगानी उपसमिति संयोजक दिनेश खत्री, व्यापार प्रवर्द्धन उपसमिति संयोजक सबिन्द्र श्रेष्ठ, स्वयंसेवक उपसमिति संयोजक सन्तोष पौडेल, अतिथि सत्कार तथा व्यवस्थापन उपसमिति संयोजक नारायण प्रसाद ढुङ्गाना चयन हुनु भएको छ l

त्यसतै विधान संशोधन समितिको संयोजकमा रामहरि गैरे र सदस्यहरूमा बुद्धि बहादुर भण्डारी, ठाकुर कुमार परियार, हिराधन राई र आश बहादुर गुरुङ चयन हुनु भएको छ l सङ्घले विभिन्न प्रदेश प्रतिनिधि समेत मनोनीत गरेको छ l जस अन्तर्गत प्रदेश नम्बर १ प्रतिनिधि खड्का बहादुर फागो, प्रदेश नम्बर २ प्रतिनिधि रामबाबु यादव र लुम्बिनी प्रदेश प्रतिनिधि विष्णुबहादुर खड्का रहनुभएको छ । संघले कार्यसमितिमा विभिन्न समुदाय बाट प्रतिनिधित्व हुने गरी ८ जना सदस्यहरू मनोनीत गरेको छ l मनोनीत हुनेहरूमा दलित समुदायबाट टेक बहादुर नेपाली र मिलन विश्वकर्मा, जनजाति समुदायबाट सामुयल सुनार र ङवाङ फुरी शेर्पा, मुस्लिम समुदाय बाट जिकरुल्लाह शेख र अजमत अलि तथा तराई मधेसबाट कमलेश महतो कोटरी र शफिउर रहमान मुसलमान रहनु भएको छ ।

सङ्घका महासचिव पदम गिरीले सहजीकरण गरेको बैठकमा बोल्दै अध्यक्ष मुसलमानले सन् २०१९–२०२१ कार्यकाल कोरना कहरको विषम परिस्थितिमा पनि कार्यसमिति, सल्लाहकार लगायत सम्पूर्ण सङ्घ–संस्थाको साथ सहयोगमा सफल बनेको स्मरण गर्दे आगामी दिनमा पनि सबै सङ्ग हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो l उहाँले वर्तमान कार्यकालमा पनि थुप्रै चुनौती सँगै अवसर रहेको भन्दै एनसीसी कतारलाई सफल बनाउन सम्पूर्ण कार्यसमितिलाई आ–आफ्नो जिम्मेवारी पूरा गर्न प्रतिबद्ध भएर लाग्न आग्रह गर्नु भएको थियो l

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button