देशभर एकैदिन थपिए ३४ सय कोरोना संक्रमित

पोखरा न्यूज। एकै दिन आज तीन हजार ४८१ मा कोभिड–१९ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १६ हजार ६५६ मा गरिएको परीक्षणमा तीन हजार ४८१ मा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

विगत २४ घण्टामा एक हजार ८८५ निको भई घर फर्किएका छन् । आजसँगै कुल छ लाख ७५ हजार ८३ निको भई घर फर्किएका हुन् । नेपालमा निको हुने दर ९३.६ प्रतिशत छ । यस्तै विगत २४ घण्टामा कोभिडका कारण ३० जनाको निधन भएको छ । अहिलेसम्म कूल १० हजार १८० जना को कोरोना सङ्क्रमणबाट निधन भएको छ । हाल मृत्युदर एक दशमलव पाँच प्रतिशत रहेको छ । आज सङ्क्रमणर दर २४ प्रतिशत रहेको छ ।

यसैगरी ७९६ जना सघन उपचार कक्ष (आइसियु), १८४ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । यस्तै ३४ हजार ११३ जना होमआइसोलेसन, तीन हजार २२० संस्थागत आइसोलेसन, ३९९ जना क्वारेन्टिनमा रहेका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार ३३ रहेको छ । आज थपिएकासँगै हाल नेपालमा सात लाख २३ हजार २९६ सङ्क्रमितको सङ्ख्या पुगेको छ ।

उपत्यकामा ९४६

काठमाडौँ उपत्यकामा आज ९४६ मा सङ्क्रमण पुष्टि भएको छ । जसमा काठमाडौँमा ६६३, ललितपुरमा १९२ र भक्तपुरमा १०९ सङ्क्रमित थपिएका हुन् । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button