प्रदेश नं १ को मुख्यमन्त्रीमा आचार्य नियुक्त

पोखरा न्यूज। नेकपा (एमाले) संसदीय दलका नेता भीमप्रसाद आचार्य प्रदेश नं १ को मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । उहाँले आजै मुख्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले नेपालको संविधानको धारा १६८ (१) बमोजिम पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

सो अवसरमा निवर्तमान मुख्यमन्त्री शेरधन राई, सभामुख प्रदीपकुमार भण्डारी, उपसभामुख सरस्वती पोखरेल, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलगायत प्रदेश सरकारका उच्च पदस्थ कर्मचारीको उपस्थिति रहेको थियो । यसअघि आचार्य आजै नेकपा (एमाले) प्रदेश नं १ को संसदीय दलको नेतामा चयन हुनुभएको थियो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button