क्यारेक्टर च्यालेञ्जिङ भएर नै ‘म राजेश हमाल’ मा आवद्ध भएः महेश त्रिपाठी

क्यारेक्टरलाई प्रभावकारी बनाउन तयारी गरिरहेको छु

राजाराम पौडेल । अभिनेता महेश त्रिपाठीले ‘म राजेश हमाल’ फिल्ममा मूख्य भूमिकामा अभिनय गर्दै हुनुहुन्छ । राजेश हमालसँगको सम्बन्धलाई मुख्य विषयवस्तु बनाएर यो फिल्मको निर्माण गर्न लागिएको हो । ‘म राजेश हमाल’ त्रिपाठीले अभिनय गर्ने तेस्रो फिल्म हुनेछ ।

यसअगाडि उहाँले अभिनय गरेका दुई नेपाली फिल्म चपलिहाइट–३ र हल्कारा हुन् । जुन प्रदर्शनको क्रममा रहेका छन् । कोरोना कहरका कारण प्रदर्शन हुन नपाएका चपली हाइट–३ र हल्कारा रिलिजको तयारी अवस्थामा नै छन् । दुवै फिल्म गतवर्ष नै तयार भएका थिए । समय सहज बन्दै गएपछि रिलिज गर्ने भन्ने प्लानिङमा यी फिल्मका निर्माता निर्देशकहरु हुनुहुन्छ ।

तेस्रो फिल्म ‘म राजेश हमाल’ मा आवद्ध भइसकेपछि अभिनेता त्रिपाठी उत्साहित बन्नुभएको छ । किनकी यसमा उहाँले पाएको क्यारेक्टर चुनौतीपूर्ण रहेको छ । जसको लागि निकै मेहनतको आवश्यकता रहेको छ । चुनौतीपूर्ण क्यारेक्टर गर्दा मज्जा आउने र मेहनत समेत गर्न पाइने भएकोले यो क्यारेक्टर स्वीकार गरेको अभिनेता त्रिपाठीले पोखरा न्यूजलाई बताउनुभयो ।

मलाई सुरुमा स्क्रिप्ट पढ्न मात्र दिनुभयो

उहाँहरुले मलाई स्क्रिप्ट पढ्न दिनुभयो । मैले स्क्रिप्ट पढे । स्क्रिप्ट पढिसकेपछि मलाई स्क्रिप्ट इन्ट्रेष्टिङ लागेको थियो । त्यतिबेला उहाँहरुले पहिला मलाई स्क्रिप्ट पढ्नोस् न भनेर मात्र दिनुभएको थियो । चरित्रको बारेमा खास कुरा गर्नु भएको थिएन । पढिसकेपछि कस्तो छ भनेर फिडब्याक लिने क्रममा दाइ कस्तो छ स्क्रिप्ट भनेर सोध्नुभयो । त्यसपछि राम्रो छ, इन्ट्रेष्टिङ छ पोटेनसालिटी भएको कन्सेप्ट छ भनेर भने । त्यसपछि उहाँहरुले मलाई यो क्यारेक्टर तपाईले गर्नु प¥यो भनेर एउटा क्यारेक्टरको अफर गर्नुभयो । फिल्ममा एउटा चरित्र थियो जुन मलाई मन परेको थियो । सोही क्यारेक्टरमा नै उहाँहरुले मलाई अफर गर्नुभयो ।

मेरो पर्सनालिटी र फिजिकालिटि भन्दा पृथक छ क्यारेक्टर

यसरी उहाँहरुले यो चरित्रको लागि अफर गरिरहदा मैले स्क्रिप्ट पढिसकेको थिए । प्रोड्युसर र डाइरेक्टरको कुरा पहिल्यै भैसकेको रहेछ । अनि दाइ यो क्यारेक्टर गर्नुप¥यो भनेर प्रोडुसरले मलाई भन्नुभयो । त्यो क्यारेक्टर मलाई इन्ट्रेष्टिङ लाग्यो । किनभने मेरो जुन पर्सनालिटी छ, फिजिकालिटी छ त्यो भन्दा पृथक छ क्यारेक्टर । त्यसले गर्दा मलाई क्यारेक्टर च्यालेञ्जिङ लाग्यो । त्यो क्यारेक्टरमा वर्क आउट गर्ने स्पेश भएको कारण मलाई क्यारेक्टरले तान्यो । हुनपनि च्यालेञ्जिङ क्यारेक्टर एसेप्ट गर्दा काम गर्ने कुरामा अलिकति मज्जा आउँछ । किनकि यस्तोमा आफूमा साइकोलोजिकल क्यारेक्टरराइजेसन, फिजिकल क्यारेक्टरराइजेशन गर्नुपर्ने हुन्छ । आफूलाई पनि व्यक्तिगत रुपमा रमाइलो हुन्छ भन्ने फिल भएर मैले यो क्यारेक्टर गर्नको लागि स्वीकार गरे । स्क्रिप्टको पोटेनसियालिटी देखेर पनि यो फिल्ममा आवद्ध भएको हुँ ।

निर्देशकको भिजनलाई बुष्ट गर्न खोज्दैछु

पाएको क्यारेक्टरलाई प्रभावकारी बनाउन अहिले तयारी भैरहेको छ । पहिलो चरणमा मैले स्क्रिप्ट पढिसकेपछि डाइरेक्टरसँग बसेर उहाँको इन्टेन्सन के हो । फिल्मको भिजन के हो । निर्देशकको एप्रोज कस्तो छ । सिनेमेटिक एप्रोजदेखि लिएर पर्फमेन्सको एप्रोज कस्तो छ । कस्तो खालको पर्फमेन्सको अपेक्षा निर्देशकले गर्नुभएको छ । कस्तो खालको योजना बनाउनु भएको छ पर्फमेन्सलाई लिएर, क्यारेक्टरलाई लिएर । क्यारेक्टरराइजेशनको कुरालाई लिएर भन्ने कुरा गरे । उहाँको भिजन बुझीसकेपछि उहाँको भिजनलाई बुष्ट गर्नलाई मेरो तर्फबाट पनि इर्फोट के–के लगाउन सक्छु भनेर सोच्दै काम गर्दैछु । मैले सुरुमा यस्को इन्टनल क्यारेक्टरको भित्रि साइकोलोजी के हो, के साइकोलीजीबाट यो चरित्र गाइडेढ छ, मोटिभ छ यस्को मोटिभेसन के हो भन्ने कुरा फाइनआउट गर्दै गए ।

मज्जाले वर्कआउट गर्नुपर्ने क्यारेक्टर छ

साइकोलीजीकल क्यारेक्टरको लगभग फ्रेमवर्क बनिसकेपछि एस्टनल क्यारेक्टरराइजेशनमा पनि ध्यान दिनुपर्ने थियो । साइकोलोजिकल र फिजिकल दुइवटै कुराहरुमा एकदमै मज्जाले वर्कआउट गर्नुपर्ने क्यारेक्टर छ । त्यो भएको कारणले मैले साइकोलोजिकल कुरा गरिसकेपछि ती चिजहरु अझैपनि गर्दै छु । यसको एस्टनल क्यारेक्टरराइजेशनमा पनि काम गरिरहेको छु । फिजिकालिटिका कुराहरु उसको एपिरियन्सको कुराहरु, सेलेक्सन अफ कस्टुमको कुराहरु, बडी ल्याङवेजको कुराहरु, भाषाको कुराहरुमा अहिले हामीले काम गरिरहेका छौँ । निर्देशकले पनि हामीलाई काम गराई राख्नुभएको छ । सम्रगमा हाम्रो ल्याङवेजहरु, बडी ल्याङवेजहरु, साइकोलोजिकल क्यारेक्टरका गोलहरु, सर्कमस्ट्यान्डस्हरुनै बुझ्ने खोज्ने रिर्सच गर्ने कुराहरुमानै हाम्रो काम भैरहेको छ ।

राजेश हमालसँगको सम्बन्ध नै सिनेमाको मुख्य विषयवस्तु हो । चरित्रको हिसाबले कुनै स्पेसफिक क्यारेक्टरले राजेश हमालको हुम् भनेर केही रिप्रिजेन्ट गर्ने कुरा छैन ।

छायाकंन सुदुर पश्चिममा हुने

फिल्मको सुदुर पश्चिम प्रदेशका विभिन्न ठाउँमा छायाकंन हुनेछ । स्टोरीको सेटिङ त्यतैको छ । लगभग डेढ महिनाको छायाकंन उतै नै हुनेछ । बड पिक्चर्सको ब्यानरमा यो फिल्म निर्माण हुन लागेको हो । फिल्म युनिट यहीं भदौ २० गते देखि फ्लोरमा जाने प्लानमा छ । यो फिल्मको निर्माता केदार भुषाल हुनुहुन्छ । निर्देशनको जिम्मेवारी जोन एन्जनको रुपमा परिचित विक्रम लामाले पाउनुभएको छ ।

फिल्ममा सिनेमेट्रोग्राफिको जिम्मा आलोक शुक्लालाई दिइएको छ । फिल्ममा अभिनेता त्रिपाठीसँगै मुकुन भुषाल, अस्मिता लामिछाने, एवनराज उप्रेती सञ्चिता लुईटेल, सञ्जोग रसाइली आदि कलाकारको अभिनय हेर्न पाइनेछ । फिल्ममा अतिथि भुमिकामा आर्यन सिक्देल समते देखिनुहुनेछ ।

अभिनेता महेश त्रिपाठीका बारे थप जानकारी

महेश त्रिपाठी सानो उमेरमानै रोर्वट बनाएर चर्चामा आएका व्यक्ति हुनुहुन्छ । पोखरा महानगरपालिका वडा नम्बर २४ मौलामा जन्मिनु भएका त्रिपाठी बाल्यकालदेखि नै फिल्मी क्षेत्रप्रति उतिकै आर्कषित हुनुहुन्थ्यो । त्यतिबेला अहिले जस्तो हलमा पुगेर फिल्म हेर्ने कल्चर लगभग थिएन । फिल्म हेर्न कुरा गरियो भने छोराछोरी विग्रियको भन्ने बुझिन्थ्यो । उहाँले कक्षा नौमा पढ्दा किताब किन्छु भनेर घरमा बुबालाई ढाँटेर त्यही पैसाले फिल्म हेर्ने गर्नुहुन्थ्यो ।
एसएलसी उत्र्तिण भएपछि इञ्जिनियरिङ अध्ययन गर्नुभयो । उहाँको मनबाट फिल्म प्रति आर्कषण रत्तिभर घटेको भने थिएन । इन्जिनियरिङ अध्ययन पश्चात फिल्म क्षेत्रमा लाग्ने सोचले उहाँ काठमाण्डौ जानुभयो । उहाँको कसैसँग चिनजान थिएन । नेटवर्किङ थिएन । काठमाण्डौ बसाईमा टिभी सिरियलमा काम गरेका निर्देशकसँग उहाँको भेट भयो । केहि बुझ्ने मौका पाउनुभयो । सिरियल भन्दा उहाँलाई फिल्म क्षेत्रमानै अगाडि बढ्ने हुटहुटी थियो । सोही कारण स्वम अध्ययनले मात्र फिल्म क्षेत्रमा पुग्छ भन्ने उहाँलाई लागेन ।

सिरियल भन्दा फराकिलो क्यानभास फिचर फिल्ममा हुन्छ भन्ने बुझेर यो क्षेत्रमा स्थापित हुन पढ्नुपर्छ भन्ने निष्कर्षमा उहाँ पुग्नुभयो । इञ्जिनियरिङमा व्याचुलर गरिसकेको व्यक्तिले फेरि फिल्ममा व्याचुलर गर्ने कि नगर्ने दोधार भयो । अन्तमा अध्ययन गरि छाड्ने निर्णयमा पुग्नुभयो । तुरुन्तै फिल्म कलेजमा भर्ना हुनुभयो । तहाँ फिल्म सम्बन्धी अध्ययन गर्नुभयो । अभिनय गर्ने क्रम सुरु भयो । थिएटरमा पुगेर अभिनयकलामा थप निखारता थप्नुभयो ।
उहाँले हालसम्म करिब पाँच सय जति छोटा फिल्ममा अभिनय गुर्नभयो । ती फिल्म स्वदेशी तथा विदेशी फिल्मी महोत्सवमा समेत छनोट भएका छन् । केही बिदेशी फिल्ममा समेत उहाँले अभिनय गुर्नभयो । युरोपियन, अमेरिकन, जापानीज निर्देशकसँग संगत गर्ने अवसर उहाँले पाउनुभयो ।

उहाँले ओष्कार इन्टरनेशनल कलेजमा फिल्म सम्बन्धी अध्ययन गर्ने विद्यार्थीमाझ प्राध्यापन पेशा मार्फत आफ्नो ज्ञान समेत बाड्ने अवसर उहाँलाई मिल्यो । जुन कार्य निरन्तर जारी छ ।
समाजमा रहेका कथाहरुलाई फिल्मका माध्यमबाट विश्वभर पु¥याउने त्रिपाठीको सपना छ । उहाँलाई समाजको चरित्र निर्वाह गर्न मन लाग्छ । अब फिल्म निर्माण र प्रदर्शनमा पनि नयाँ आयामहरुको खोजी हुनुपर्ने सुझाब उहाँ दिनुहुन्छ । नेपाली फिल्मको बजार सानो छ । यसको परिधि फराकिलो बनाउदै अन्तराष्ट्रिय स्तरमा नेपाली फिल्म लैजान नयाँ अनलाइन प्लेटफर्महरुको खोजी र विकास गर्नुपर्नेमा त्रिपाठी जोड दिनुहुन्छ । फिल्म क्षेत्र सोचेजस्तो सजिलो नभएको अनुभव उहाँसँग छ ।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button