पाेखरामा पर्खालले च्यापिएर १ जनाको मृत्यु

पोखरा न्यूज । पोखरामा  पर्खालले च्यापिएर एक  युवकको ज्यान गएको छ ।

भारतको वेतिया बसन्तपुर घर भइ पोखरा -१३ मियापाटनमा बस्ने  अन्दाजी २०  वर्षीय रितेश रामको पर्खाल भत्काउने क्रममा च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

पोखरा -१३ बाझापाटनमा रहेको बालकल्याण माध्यामिक विद्यालयको पुरानो पर्खाल भत्काउने क्रममा च्यापिएर रामको मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर केसीले जानकारी दिनुभयो ।

केसीका अनुसार घटनामा  गम्भीर घाइते भएका रामलाई तत्कालै पोखराको मणिपाल अस्पतालमा लगिएकोमा चिकत्सकले उपचारको क्रममा मृत घोषणा गरेका हुन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button