यी लक्षण देखिएमा जोसुकैलाई हुन सक्छ अल्जाइमर्स

पाेखरा न्यूज । अल्जाइमर्स एउटा स्नायूप्रणालीको अनौठो रोग हो, जसले व्यक्तिको स्मरण शक्ति, उसले देखाउने व्यवहार र गतिविधिमा असर गर्छ । प्रायः ६० वर्षमाथिका मानिसमा देखिने यस रोगबाट विश्वमा बृद्धबद्धा बढी प्रभावित छन् । यी हुन् अल्जाइमर्स रोगका लक्षणः

स्मरणशक्ति गुम्नुः  यो अल्जाइमर्स भएका व्यक्तिमा देखिने मुख्य लक्षण हो । बिर्सनु आफैमा रोग होइन । तर, अल्जाइमर्सका बिरामीले बारम्बार अर्थात भर्खर भनेका कुरा पनि बिर्सन्छन् । बिरामीले आफ्नै घरको बाथरुमदेखि भर्खरै बोलेको मानिस चिन्दैनन् ।

मुल्यांकनमा कठिनाईः सामान्य अन्दाज गर्न समेत नसक्नु अल्जाइमर्स रोगको अर्को लक्षण हो ।

डिप्रेस र मन परिवर्तनः कुनै व्यक्तिको मुड परिवर्तन भइरहन्छ र प्रायः निराश देखिन्छ भने उसलाई भित्रभित्रै अल्जाइमर्सले गाँजेको हुनुपर्छ । डिप्रेसन अल्जाइमर्स रोगको पूर्व लक्षण हो ।

निर्णय क्षमतामा हसः कसैले निर्णय गर्न सक्दैन् वा मनमा दुविधा मात्र राख्छ भने पनि अल्जाइमर्सको लक्षण हो ।

ध्यान नहुनुः अल्जाइमर्सका विरामीमा नियमित काममा कत्ति पनि ध्यान हुँदैन । उसले यसअघि गरेका काम सबै बिर्सन्छ । उसको सबै दिनचर्या नै खलबलिन्छ ।

बोल्न कठिनाईः अल्जाइमर्सका बिरामीले राम्रोसँग बोल्नै सक्दैनन् । तसर्थ, कसैसँग बोल्दा राम्रोसँग बाक्य बनाउन सकिदैन वा बोल्दा धक लाग्छ भने त्यो पनि अल्जाइमर्सको अर्को लक्षण हो ।

मनमा छटपटीः मन स्थिर नहुनु, छटपटी बढ्नु एउटै स्थानमा केही वेर पनि बस्नु नसक्नु अल्जाइमर्सका लक्षण हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button