निर्देशक सुदर्शन थापा र माेडल सुप्रिया भाेलि विवाह गर्दै

पाेखरा न्यूज । निर्देशक तथा अभिनेता सुदर्शन थापा र मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवाल विवाह बन्धनमा बाँधिने भएका छन् ।

केही समयदेखि प्रेममा रहेका सुदर्शन र सुप्रियाबीच गत २१ भदाैमा इन्गेजमेन्ट भएको थियो । यो जोडीले शुक्रबार विवाह गर्ने भएको छ । पारिवारिक सदस्य र केही फिल्मकर्मीको उपस्थितिमा सुदर्शनले काठमाडाैंस्थित तासिखेल इन्द्रायनीमा सुप्रियासँग लगनगाँठो कस्नुहुनेछ ।

फिल्मी यात्रामा सुदर्शनको नाम केही नायिकासँग नजोडिएको भने होइन, यद्यपि उहाँले आफ्नो सुप्रियासँगको छोटो प्रेमलाई विवाहमा परिणत गर्दैहुनुहुन्छ ।

शुक्रबार विवाह गर्ने सुदर्शनले प्रीतिभोजको आयोजना भने शनिबार गर्नलाग्नु भएकाे छ । उहाँले फिल्मकर्मी तथा परिवारका लागि शनिबार साँझ काठमाडाैंस्थित एक बुटिक होटलमा प्रीतिभोजको आयोजना गर्नुभएकाे हाे ।

सुदर्शनले आफ्नो जन्मदिनको अवसर पारेर सुप्रियासँग इन्गेजमेन्ट गर्नुभएकाे थियाे । सुदर्शन निर्देशकसँगै कलाकार, निर्माता हुनुहुन्छ भने सुप्रिया मोडल हुनुहुन्छ । हाल एपीवान टेलिभिजनमा कार्यरत सुप्रियाले ‘साढे सात’ नामक फिल्मसँगै दर्जनौँ म्युजिक भिडियोमा अभिनय गर्नुभएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button