कास्कीका २९ सहित प्रदेशमा थप ५२ मा काेराेना पुष्टि

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा १७ जना पुरुष तथा १२ जना महिला गरी २९ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४६४ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ५२ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका २९ सहित म्याग्दीका ३ जना, पर्वतका १ जना, गाेरखाका ३ जना, तनहुँका ७ जना, बाग्लुङका ३ जना र स्याङ्जाका ६ जना गरी प्रदेशका ७ जिल्लामा गरी ३१ पुरुष तथा २१ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८६ हजार ८६४ पुगेको छ। पछिल्लो २४ घण्टामा ६४ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८५ हजार १२५ पुगेको छ ।

गण्डकीमा हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ३९४ पुगेको छ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button