बुहारीलाई बलात्कार प्रयास गरेकाे अभियाेगमा ससुराविरूद्ध उजुरी

पाेखरा न्यूज । २२ वर्षीया बुहारीलाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीले ५१ वर्षीय ससुराविरुद्ध मंगलबार उजुरी दर्ता गरेको छ ।

पीडितले गत असार ३० गते उनका ससुराले बलात्कार प्रयास गरेको भन्दै दिएको उजुरी दर्ता गरी थप अनुसन्धान भइरहेको एसपी राजेन्द्रप्रसाद धमलाले बताउनु भयो ।

पीडित महिला घटनाका दिनदेखि छोराेसहित सिरहास्थित माइतिघरमा बस्दै आएकी छन् । पीडितलाई असार ३० गते ससुरा, सासू र नन्दले कुटपिट गरी घाइते बनाएको भन्दै राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारार्थ भर्ना भएकी थिइन् । पीडितको घाउजाँच असार ३१ गते गरिएको थियो ।

आरोपितका छोराेले झुठा आरोप लगाएको बताउनु भयो । आरोपितलाई प्रहरीले मंगलबारसम्म गिरफ्तार गरेको छैन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button